coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

नर्सिङ दरवन्दी परीक्षा स्थगित गर्न पहल

काठमाडौं- नेपाल नर्सिङ संघले अनशनरत नर्सहरुको बिरोधको बिषयलाई लिएर लोकसेवा परीक्षा स्थगित गर्ने प्रस्ताव राखेको जनाएको छ। गत शुक्रवारदेखि धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका नर्सहरु अनशनमा बसी अन्यत्रवाट बिरोध आएपछि संघले विहिवार मानव अंग प्रत्यारोपण केन्द्र र लोकसेवा आयोगलाई परीक्षा स्थगित गर्न अनुरोध गरेको हो। बिरोधको क्रममा केन्द्रकी नर्स डिक्की शेर्पा र पोखराकी नर्स जीता बराल संघको कार्यालयमा अनशन बसेका हुन्।

संघको निर्णय पछि पनि नर्सहरुले अनशन नतोड्ने जनाएका छन्। स्थगित गर्ने निर्णयले नर्सहरुको माग संबोधन नगर्ने भएको जनाउँदै माग पुरा भएपछि मात्र अनशन रोकिने नर्सहरुले बताएका छन्। ‘स्थगित मात्र गरेर हाम्रो माग पुरा हुँदैन, मुख्य कुरा हाम्रो माग संबोधन हुनु पर्छ’केन्द्रकी नर्स इला कोइरालाले भनिन। उनले थप्दै भनिन् ,‘खारेजी भएको आधिकारिक सूचना नआएसम्म अनशन जारी रहन्छ’।

केन्द्रवाट बिहिवार सार्वजनिक भएको पत्र नम्वर ७ सय १ मा आवश्यक कारवाही गर्नको लागि लोकसेवा आयोगलाई अनुरोध गरेको पत्र सार्वजनिक भएको छ। पत्रले यकिन कुरा नभनी आवश्यक कारवाही गर्न मात्र अनुरोध गरेको उल्लेख छ।

संघले नर्सको जीवनरक्षाको लागि परीक्षा स्थगित गर्न माग गरेको जनाएको छ। यसै बिषयलाई लिएर शुक्रवार पनि लोकेसेवा कार्यालयमा वैठक बस्ने निधो भएको संघकी उपाध्यक्ष गंगा थापाले बताइन्। संघमा कस्तो सहयोग चाहिएको बारेमा अहिलेसम्म नर्सहरुबाट लिखित माग नआएकोले त्यो अनुसार माग प्रक्रिया अघि बढाउन नसकेको उनको भनाइ छ। दरवन्दी प्रक्रियाको बिषयमा उपाध्यक्ष थापाले कुनै पनि सरकारी संस्थाको पहिलो कर्मचारी नियुक्ति प्रक्रिया लोकसेवा प्रक्रियाबाटै हुने नियम रहेको बताइन् ।

लगातार सात दिनसम्मको अनशनको कारण नर्स द्धय जीता बरला र डिक्की शेर्पाको स्वास्थ्य गम्भिर बन्दै गएको छ। उनको बिहिवारदेखि मुटुको ढुकढुकी बढ्ने,ज्वरो आउने जस्ता नयाँ समस्या थपिएको नर्स कोइरालाले बताइन्।

नर्सिङ संघको कार्यालय बाहिर अनशन बसेको कारण अर्की नर्स जीता बरालको स्वास्थ्य पनि गम्भिर बनेको छ। उनलाई बिहिवारदेखि ज्वरो आउने,निमोनियाँ हुने जस्ता समस्या बढिरहेको छ। उनले लोक सेवा आयोगको आधिकारिक निर्णय नआएसम्म अनशन नतोड्ने जिकिर गरिन्। ‘स्थगित त संघले सुरुकै दिनमा सक्थ्यो,किन संघ अलमलिएको छ, बुझ्न सकेका छैनौं’ उनले भनिन्। नर्सहरुको अनशनको बिषयलाई लिएर ऐक्यवद्धता जनाउन केही मानवअधिकारकर्मी संस्था,स्वास्थ्यकर्मी युनियन,ट्रेड युनियम महासंघ लगायतका प्रतिनिधीले भेटिसकको छन्।  

प्रकाशित: ३ जेष्ठ २०७६ ०७:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App