ठेचो–चापागाउँ सडकखण्डमा काम सुरु

शुक्रबार, ०३ जेठ २०७६, १२ : ०१ नागरिक

स्थानीयले बारम्बार प्रदर्शन गरेपछि ठेकेदार कम्पनीले ठेचो–चापागाउँ सडकखण्डको काम सुरु गरेको छ। सडक कालोपत्रको माग राख्दै आन्दोलित भएका स्थानीयवासीले सडक नै छेकेपछि सरोकारवाला निकायले बल्ल चासो दिएको हो।

यो सडक चार वर्षयता खाल्डाखुल्डी, हिलाम्मे र धुलाम्मे छ। बुधबार ठेकेदार कम्पनी, गोदावरी नगरपालिका र स्थानीयबीच तल्काल समस्या टार्नका लागि खाल्डाखुल्डी पुर्ने र पातलै भए पनि कालोपत्रे गर्ने सहमति भएपछि आन्दोलन रोकिएको थियो।

गोदावरी नगरपालिकामा पर्ने यो सडक ढोलाहिटी–सुनाकोठी–चापागाउँ सडकखण्डअन्तर्गत पर्छ।

सडक संघर्ष समितिका संयोजक शेखर न्यौपानेले जानकारी दिए। जिम्मेवार निकायले हाम्रो गुनासो नसुनेका कारण स्थानीयवासीले लामो समय प्रदर्शन गर्नुपरेको बताए। ‘चापागाउँदेखि सुनाकोठीको सडक मंगलबार खुलेको थियो भने ठेचोअन्र्तगत पर्ने सडक बुधबार खुलाइएको हो, ठेचो र चापागाउँ क्षेत्रका केही काम सुरु भएको छ,’ उनले भने, ‘तर, सुनाकोठी क्षेत्रमा उस्तै बेहाल छ।’

उनका अनुसार काठमाडौं उपत्यका  सडक विस्तार आयोजनाले ढोलाहिटी–सुनाकोठी–चापागाउँ सडक दुई खण्ड दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७३ सालमा ठेक्का लगाएको थियो। उक्त सडकखण्डको ठेक्का दिवा÷शैलुङ जेभी र कन्टेक प्रालिले दुई खण्ड गरी पाएका थिए।

सम्झौता अनुसार उक्त सडक २०७५ कात्तिक मसान्तभित्र निर्माण सम्पन्न गर्नुपथ्र्याे। तर, मुआब्जा विवाद र ठेकेदारको ढिलासुस्तीलेसडक निर्माण सम्पन्न हुन सकेको छैन। दिवा÷शैलुङ जेभीले पहिलो खण्डको ३.२ किलोमिटर सडक कालापत्रे गर्ने जिम्मा पाएको थियो। त्यसैगरी कन्टेक प्रालिले ४ किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा पाएको थियो।

यसअघि स्थानीयले ४–५ मिटर चौडा भएकै सडक कालोपत्रे गर भन्दै आन्दोलनमा उत्रिएका थिए। मापदण्ड अनुसार सडक कालोपत्रे गर्न २० मिटर चौडा हुनुपर्ने भए पनि ठेकेदारले काम अघि बढाएको थिएन।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता विश्वविजयलाल श्रेष्ठ स्थानीय र ठेकेदारबीच सहमति भएपछि सडक विस्तारको काम सुरु भएको बताए। उनका अनुसार स्थानीय र ठेकेदारबीच अस्थायी रूपमै भए पनि स्थानीयको समस्या हल गर्ने सहमति भएको छ। ‘अहिले पूरै सडक विस्तार गरेर कालोपत्र गर्न सकिने अवस्था छैन,’ उनले भने, ‘हाललाई स्थानीयले सास्ती नभोगुन् भन्नको निम्ति अस्थायी रूपमै भए पनि मर्मत सुरु भएको छ, असारसम्म सडकको सबैतिर कालोपत्रे हुन्छ।’  उनका अनुसार दोस्रो खण्डमा ठेकेदार कम्पनी कन्टेक प्रालिले काम गर्न नसक्ने भन्दै आयोजनालाई ठेक्का तोड्नको लागि पत्र समेत पठाएको थियो।
ठेकेदार उद्धवप्रसाद भण्डारीले डिजाइन अनुसारको सडक क्षेत्रफल नपुगेकाले काम टर्दै गएको जानकारी दिए। उनले हाललाई अस्थायी रूपमा काम गर्ने सहमति भएकाले नगरपालिकासँग मिलेर सडक व्यवस्थित पार्ने काम थालिएको सुनाए। स्थानीय र वडा अध्यक्षले गोदावरी नगरपालिकाको वडा नम्बर १०, ११ र १२ मा मंगलबारसम्म यातायात चलाउन रोक लगाएका थिए। उनीहरूले सडकका कारण समस्या हुन थालेपछि यसरी प्रदर्शनमा उत्रनुपरेको जानकारी दिए।
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले बुधबार सहमति भएपछि सडक व्यवस्थित गरिन थालिएको जानकारी दिए। माथिल्लो निकायले सडक मर्मतमा ध्यान नदिँदा अहिलेसम्म सडकको अवस्था जीर्ण रहेको उनको भनाई छ। ‘अब छोटो समयमै सडक मर्मतको काम सकिन्छ, अहिलेलाई अस्थायी रूपमै भए पनि सडक सुधार्ने निर्णय भएको छ,’ उनले भने, ‘यस क्षेत्रका सडक विस्तारको लागि अझै घेरै घर भत्काउन बाँकी छन्, त्यो काम सकिएपछि ठेकेदारले दिर्घकालीन योजनाकासाथ काम सुरु गर्छ।’

स्थानीयको चौतर्फी विरोधसँगै टुसाल–बौद्धगेट सडक कालोपत्रे
चावहिल–बौद्धवासीको चौतर्फी विरोधसँगै टुसालदेखि बौद्धस्तुपा गेटसम्मको सडक कालोपत्रे गरिएको छ। काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका अनुसार बुधबार र बिहीबार गरेर ३ सय ५० मिटर कालोपत्रे गरेको जनाएको छ।

आयोजनाका प्रवक्ता विश्वविजयलाल श्रेष्ठले ठेकेदार कम्पनीले टुसालदेखि बौद्ध गेटसम्म ३ सय ५० मिटर र जोरपाटीको खगेन्द्र नवजीवन केन्द्र अगाडि डेढ सय मिटर पनि कालोपत्रे गरेको बताए। ‘हामीले सडक कालोपत्रे गर्ने तयारी गरिरहेको थियो। त्यही बेला सर्वसाधारणले आन्दोलन गर्नुभयो,’ उनले भने, ‘सर्वसाधारणको आन्दोलन नभए पनि हामीले सडक कालोपत्रे गर्ने तालिका बनाइसकेका थियौं।’

स्थानीयले गत बुधबार र बिहीबार  चाबहिल–बौद्ध सडक कालोपत्रे गर्न माग गर्दै आन्दोलनमा उत्रिएका थिए। युनाइटेड विल्डर्सले यसअघि चुच्चेपाटीदेखि टुसालसम्म कालोपत्रे गरिसकेको छ।

आयोजनाका अनुसार बौद्धगेटदेखि पीपलबोटसम्म ढलको फुटेको तथा सबग्रेड तयार भइनसकेको अझै केही समय लाग्ने जनाएको छ। ‘बौद्धस्तुपादेखि पीपलबोटसम्मको सडक एकातर्फ पाइप फुटेर पानी चुवाहट भइरहेको छ। अर्काेतर्फ सबबेस पनि अझैसम्म तयार भएको छैन,’ उनले भने, ‘त्यसैले कालोपत्रे गर्न अझै केही समय लाग्नेछ।’

आयोजनाका अनुसार चाबहिलबाट चुच्चेपाटीसम्मको सडकमा एकतर्फी सडकमा ढल बिछ्याइएको छ।

 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँ गउँमा...

एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १०% छुट

एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १०% छुट

एभरेष्ट बैंक लिमिटेडले धनगढीको सीपी हस्पिटल प्रा.लि.सँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । ...

सिभिल बैंक लिमिटेडको शाखा रौतहटको गरुडामा

सिभिल बैंक लिमिटेडको शाखा रौतहटको गरुडामा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा रौतहटको गरुडामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन गरुडा नगरपालिकाको मेयर इन्नु...

ओपो रेनो १०एक्स नेपालमा सार्वजनिक हुँदै

ओपो रेनो १०एक्स नेपालमा सार्वजनिक हुँदै

दक्षिण एसियामा ओपो रेनो १०एक्स सिरिज सार्वजनिकसँगै नेपालमा असार १५ बाट उपलब्ध हुने भएको छ । ...

दराज मोबाइल विक यही असार ९ देखि १५ सम्म

दराज मोबाइल विक यही असार ९ देखि १५ सम्म

दराज मोबाइल विक अभियान यही असार ९ देखि १५ सम्म हुने भएको छ । ...

ह्वावेका उत्पादनमा पैसा फिर्ताको ग्यारेन्टी

ह्वावेका उत्पादनमा पैसा फिर्ताको ग्यारेन्टी

नेपालका लागि ह्वावे स्मार्टफोनको अधिकृत वितरकले आफ्ना स्मार्टफोन र ट्याब्लेटमा गुगल एप तथा फेसबुक नचलेमा ग्राहकलाई पूरै पैसा फिर्ता गरिने...

टाटा टियागो एक्सजेड प्लस नेपालमा

टाटा टियागो एक्सजेड प्लस नेपालमा

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी टेडिङले औपचारिक रूपमा नयाँ टाटा टियागो एक्सजेड प्लस नेपाली बजारमा सार्वजनिक गरेको छ...

१३औं राष्ट्रिय ए .यस .ए. आर्किटेक्चर प्रदर्शनी सम्पन्न

१३औं राष्ट्रिय ए .यस .ए. आर्किटेक्चर प्रदर्शनी सम्पन्न

राइनो ५०० डि तथा रिद्धि सिद्धि सिमेन्टको संयुक्त सहकार्य लगायतको सहायतामा वास्तुकला र यसका विभिन्न पक्षका साथै पुनःनिर्माण र नेपालका...