coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

'पार्टी एकताको सबै प्रक्रिया टुङ्गाएर अधिवेशन गर्छौ'

काठमाडौं - तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको सडक दुर्घटनामा परी निधन भएको २५ वर्ष पुगेको अवसरमा सत्तारुढ दल नेकपाले २६ औँ स्मृति दिवस मनाउन लागेको छ।

स्मृति दिवस मनाउने क्रममा आयोजित विशेष  समारोहमा नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिन भित्रै पार्टी एकताको सबै प्रक्रिया टुङ्गाएर अधिवेशनको तयारीमा लाग्ने बताएका छन्।

उनले अधिवेशन वा निश्चित प्रक्रिया मार्फत संगठनलाई मजबुत बनाउने बताए।उनले संगठनलाई मजबुत बनाई जनताको चाहनाअनुसार काम गर्ने बताए। उनले भने, लामो समयपछि जनताले स्थिर सरकार पाएका छन् यो सरकारले जनताको चाहनाअनुसार नै काम गरिरहेको छ। उलने मदन भण्डारीको आन्दोलनालाई थप उचाईमा पुर्याउन सिंगो पार्टी नै लाग्ने बताए।

 

 

प्रकाशित: ३ जेष्ठ २०७६ ०३:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App