८ वैशाख २०८१ शनिबार
अर्थ

एनएमबि र ओम डेभलपमेन्ट बैंक गाभिने

काठमाडौं – एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंक एक आपसमा गाभिने भएका छन्। दुई बैंकबीच बिहीबार मर्जरसम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा एनएमबिका सञ्चालक प्रदिपराज पाण्डे र ओमका सञ्चालक योगेन्द्रलाल प्रधानले हस्ताक्षर गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

मर्जरपछि बैंकको नाम एनएमबि रहने छ भने शाखा संख्या एक सय ६३ पुग्नेछ। एटिएम संख्या एक सय २० पुग्ने विज्ञप्तिमा उल्लेख छ। मर्जरपछि बैंकको कुल पुँजी तथा जगेडा कोष बढेर २० अर्ब ४२ करोड पुग्नेछ भने निक्षेप एक खर्ब १९ अर्ब र कर्जा एक खर्ब १३ अर्ब हुनेछ।

वित्तीय र मानव संसाधन, प्राविधिक एवं अन्य क्षमता बढाई आधुनिक बैंकिङ सुविधा अझ प्रभावकारी ढंगले प्रदान गर्न सक्ने तुल्याउन, व्यवसाय र शाखा सञ्जाल विस्तार गर्न तथा बैंकको पुँजीगत आधार सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमता विकास गर्ने उद्देश्यले मर्जरमा जान लागेको पनि विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ३ जेष्ठ २०७६ ०३:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App