coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

एन्फा अध्यक्षमा विजयी श्रेष्ठ को हुन?

अखिल नेपाल फुटवल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष नरेन्द्र श्रेष्ठ झण्डै एक वर्ष देखी एन्फाको कार्यवाहक अध्यक्षको रुपमा कार्यरत थिए। न्युरोड टिम (एनआरटी) बाट २०२८ साल देखी व्यावसायीक फुटबल खेलेका श्रेष्ठले २०३२ सालमा खेलाडी जीवन टुंगाएका थिए। एनआरटीलाई ‘बी’ डिभिजनबाट ‘ए’ मा उकाल्दाका मिडफिल्डर श्रेष्ठ तीन पटक टोलीले शहिद स्मारक ‘ए’ डिभिजन लिग जित्दाका महत्वपूर्ण खेलाडी थिए।

राष्ट्रिय टोलीमा नपरे पनि क्लबबाट अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगिताहरुमा सहभागिता जनाएका श्रेष्ठ फुटबल विकासमा ३० वर्ष भन्दा लामो समय योगदान गरेवापत एसियाली फुटबल महासंघ (एएफसी) को एएफसी गोल्ड सर्भिस अवार्डबाट सम्मानित फुटबलकर्मी हुन्। एनआरटीको माउ संस्था काठमाडौं खेल मण्डलबाट क्रिकेट पनि खेलेका उनले १९७२ मा थाइल्यान्डमा भएको एक आमन्त्रण प्रतियोगितामा सहभागिता जनाएका थिए।

खेल्न छोडेपछि फुटबल प्रशासनमा जोडिएका श्रेष्ठले २०४२ देखी २०६४ सालको अवधिमा एनआरटीको सचिव र महासचिवको रुपमा काम गरेका थिए। २०६४ देखी २०७० सम्म एनआरटीको अध्यक्षको जिम्मेवारी सम्हाले । यसैगरी एन्फामा वर्तमान कार्यवाहक अध्यक्ष श्रेष्ठसँग यसअघि दुई पटक उपाध्यक्ष र एक पटक महासचिवको भूमिकामा काम गरेको अनुभव छ।

उनी एन्फामा २०५८ देखी २०६२ सम्म उपाध्यक्ष, २०६२ देखी ०६६ सम्म महासचिव र २०६६ देखी २०७० सम्म पुनः उपाध्यक्ष भएका थिए । २०७२ कात्तिक २२ देखी श्रेष्ठले एन्फाको कार्यवहाक अध्यक्षको रुपमा जिम्मेवारी सम्हाल्दै आएका थिए।

उनी एनआरटीको भएको बेला एनआरटीले आर्थिक कारण बताउँदै फुटबल नखेल्ने निर्णय गरेपछि श्रेष्ठले २०७० मा क्लबबाट राजीनामा दिएका थिए।

श्रेष्ठले एएफसीको स्टयान्डिङ कमिटी, अपिल कमिटी, युथ फुटबल डिभेलपमेन्ट कमिटी जस्ता महत्वपूर्ण जिम्मेवारी वहन गरेका अनुभव उनीसँग छन् । हाली उनी एएफसीको मिडिया एन्ड कम्युनिकेसन कमिटीका सदस्य हुन् । फुटबलको विकासमा सक्रिय श्रेष्ठ गोर्खा दक्षिण बाहु चौथोबाट पनि सम्मानित भैसकेको छन्।

प्रकाशित: ८ कार्तिक २०७३ १२:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App