८ वैशाख २०८१ शनिबार
समाज

दुई भारतीय आरोहीको मृत्यु

ताप्लेजुङ – यसपटकको वसन्त ऋतुमा ६ जना शेर्पाले रोप फिक्टिङको काम गर्दै आठ हजार पाँच सय ८६ मिटरको उचाइमा रहेको कञ्चनजंघाको सफल आरोहणको भोलिपल्टै दुई भारतीय आरोहीले ज्यान गुमाएका छन् भने चिलीका एक नागरिक बेपत्ता भएका छन्।

पिक प्रोमोसन नामक ट्रेकिङ एजेन्सीमार्फत आरोहणमा गएका दुई भारती नागरिकको मृत्यु भएको र शव ल्याउने प्रयास भइरहेको सम्पर्क व्यक्ति केशव पौडेलले जानकारी दिए। उनका अनुसार कञ्चनजंघाको चुचुरोनजिक पुगेका भारतीय नागरिक कुन्टलको मृत्यु भएको हो। ‘हाई अल्टिच्युडका कारण होप भएर ब्रेनमा परेको असरका कारण मृत्यु भएको रहेछ,’ पौडेलले भने। यो रोग देखापरेपछि मान्छेले अस्वाभाविक प्रतिक्रिया दिने भन्दै पौडेलले कुन्टलले पनि जुत्तामोजा खोल्ने र सँगै रहेका साथीमाथि आक्रमण प्रयास गरेको जानकारी आफूले पाएको उनको भनाइ छ। उनका अनुसार कुन्टलमा समस्या देखिएपछि सँगै गएका शेर्पाले उनलाई तल झार्ने प्रयास गरेका थिए तर त्यो सम्भव भएन।

यसैगरी कञ्चनजंघाको सफल आरोहण गरेर फर्कंदै गरेका अर्का भारतीय नागरिक विप्लव वैद्यको समेत मृत्यु भएको छ। समिट गरेर फर्कने क्रममा करिब आठ हजार मिटर तल आइपुगेका बेला अचेत बनेका वैद्यको मृत्यु भएको पौडेलले जानकारी दिए। यता जीपीएसमा कञ्चनजंघाको सफल आरोहण गरेको देखिएको र चुचुरोबाट दुई सय मिटर तल झरेपछि चिलीका आरोही रोडर रिको गुइच भ्याइभिन्चो सम्पर्कविहीन छन्। उनको खोजी कार्य जारी रहेको पौडेलले जानकारी दिए।

प्रकाशित: ३ जेष्ठ २०७६ ०१:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App