coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘वीरविक्रम २ र ‘जात्रैजात्रा’

काठमाडौं – शुक्रबारबाट अल नेपाल दुई फिल्म ‘वीरविक्रम २’ र ‘जात्रैजात्रा’ रिलिज हुँदैछन्। यो फिल्म अघिल्ला दुई फिल्म ‘वीरविक्रम’ र ‘जात्रा’को सिक्वेल तथा सिरिज हुन्। मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको फिल्म ‘वीरविक्रम २’ले दुई साथीको दोस्तीको कथालाई प्रस्तुत गरेको छ। मुस्ताङ, काठमाडौंसहित विदेशमा छायांकन गरिएको फिल्ममा पल शाह, वर्षा शिवाकोटी र नाजिर हुसेन प्रमुख भूमिकामा छन्। अघिल्लो संस्करणको फिल्म ‘वीरविक्रम’को निर्देशक पनि मिलन नै हुन्।

अपर्ण सापकोटा निर्माता रहेको फिल्ममा बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बु, मनोज केसीलगायतका कलाकारहरूको पनिअभिनय छ।फिल्ममा सुदीप बरालको छायांकन, हिमाल केसीको द्वन्द्व। प्रदीप भारद्वाजको पटकथा तथा संवाद छ। फिल्मले रिलिजको पूर्वसन्ध्यामा बुधबार साँझ राजधानीमा रेडकार्पेट प्रिमियर गरेको थियो। प्रिमियरमा फिल्म हेर्नकै लागि अभिनेता भुवन केसी, शिव श्रेष्ठ, नायिका पुजा शर्मा, अनु शाह, रेबिका गुरुङ, शिल्पा मास्के, विजय लामालगायत पुगेका थिए।

यस्तै फिल्म ‘जात्रैजात्रा’लाई प्रदीप भट्टराईले निर्देशन गरेका छन्। अघिल्लो संस्करणको फिल्म ‘जात्रा’मा फिल्मका प्रमुख तीन पात्र बिपिन कार्की, रविन्द्रसिंह बानियाँ र रविन्द्र झाले एक बोरामा पैसा भेट्टाएपछि त्यो पैसा लुकाउन गरेको संघर्षलाई देखाइएको थियो। निर्देशक प्रदीपका अनुसार यसपटक फिल्ममा पैसासँगै सुनको पनि सम्बन्धलाई जोडिएको छ।
फिल्मका निर्मातासमेत रहेका कलाकार बानियाँका अनुसार फिल्मले सबैजसो मल्टिप्लेक्समा राम्रो शो पाएको छ। काठमाडौको जय नेपालमा ४, सिभिलमा ४, कुमारीमा ४ र छाया सेन्टरमा ३ र ललितपुरमा रहेको लबिम मलमा ४ शो पाएको छ।

क्यूएफएक्स चेनको ५ पर्दामा मात्र फिल्मलाई १९ शोज दिइएको छ। यस्तै, चितवनको जलमा हलमा ३ शो, पोखराको सिनेप्लेक्समा ४ शो पाएको छ। काठमाडौंको बीग मुभिजले ४ शो दिएको छ। चलचित्रले ओपनिङ सुखद गर्ने अपेक्षा गरिएको छ।

फिल्ममा बर्षा राउत, राजाराम पौडेल, दयाहाङ राई, सोहित मानन्धर, प्रकाश घिमिरे, कालु राना, अंशु महर्जन, कृष्णभक्त महर्जन, कविन्द्र त्रिपाठी, प्रेम पाण्डे, साजन थापा मगर र प्रियंका झालगायतकका कलाकारको पनि अभिनय छ। शिवराम श्रेष्ठको छायांकन रहेको फिल्ममा कालीप्रसाद बासकोटा र कृष्ण भारद्वाजको संगीत, शंकर महर्जनको द्वन्द्व,  कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, मित्र डी गुरुङको सम्पादन छ। फिल्ममा सिंगे लामा र यज्ञश्वर पौडेलको लगानी छ।

प्रकाशित: ३ जेष्ठ २०७६ ०१:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App