८ वैशाख २०८१ शनिबार
खेल

एन्फा अध्यक्षमा नरेन्द्र श्रेष्ठ विजयी

अध्यक्षमा निर्वाचित श्रेष्ठ र उपाध्यक्ष कुँवर।

अखिल नेपाल फुटबल संघ (एन्फा)को सोमबार भएको निर्वाचनमा नरेन्द्र श्रेष्ठ विजयी भएको छन्। श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी कर्माछिरिङ शेर्पालाई ५ मतले पछि पादै विजयी भए। निर्वाचनमा श्रेष्ठले ३६ मत पाए भने शेर्पाले ३१ मत प्राप्त गरेको थिए। त्यस्तै उपाध्यक्षमा मणी कुँवर विजयी भएको छन्। कुँवरले उपेन्द्रमान सिंह र दिपक खातीलाई पराजित गरेको हुन्। एन्फाको इतिहासमा पहिलो पटक अध्यक्ष पदका लागी निर्वाचन भएको थियो। त्यसमा श्रेष्ठले बाजी मारेका हुन्।

श्रेष्ठ फिफाको कारबाहीमा परेका गणेश थापा निकट मानिन्छन्। त्यस्तै शेर्पा भने थापाको कार्यकालमा बिद्रोही समूहले नेतृत्व गर्ने ब्यक्ति हुन्।

यसैगरी अध्यक्षमा विजयी भएको श्रेष्ठ एन्फाको कार्यबहाक अध्यक्ष थिए। एक वर्ष अघि भ्रष्टाचारको मुद्दामा अध्यक्ष गणेश थापालाई फिफाले कारबाही गरेपछि श्रेष्ठले कार्यबहाकको रुपमा काम गदै आएको थिए। त्यस्तै उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको करेन्ट लागेर मृत्यु भएपछि उपाध्यक्ष पदमा पनि सोमबार निर्वाचन भएको थियो।

अध्यक्षमा विजयी भएको श्रेष्ठ न्युरोड टिम एनआरटीको अध्यक्ष, महासचिव भएर १७ वर्ष सम्म काम गरेको ब्यक्ति हुन। उनले फुटबलको विकासमा ३० वर्ष भन्दा धेरै योगदान गरेको भन्दै एसियाली फुटबल महासंघले प्रदान गर्ने गोल्ड मेडल अवार्डबाट पुरस्कृत भएका थिए।

शेर्पा हिमालयन शेर्पा क्लबको अध्यक्ष तथा एन्फाको उपाध्यक्ष भएर काम गरेको ब्यक्ति हुन।

प्रकाशित: ८ कार्तिक २०७३ १२:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App