८ वैशाख २०८१ शनिबार
समाज

‘प्रसाद’ खाँदा सयभन्दा बढी बिरामी

पाल्पा – तिनाउ गाउँपालिका–४, कोलडाँडाको बौरिडाँडाँमा मृत्यु संस्कारपछिको प्रसाद (भोज) खाएका एकै गाउँका एक सय ६ जना बिरामी परेका छन्। छिमेकीको १३ दिने पुण्य तिथिमा मृत्यु संस्कारपछि प्रसादको रूपमा खाना खाएकाहरू झाडापखाला लागेर बिरामी परेका हुन्। बिरामीमध्ये दुईजनालाई लुम्बिनी मेडिकल कलेजको आइसियुमा उपचाररत छन्।

स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बिरामी परेकाहरूमध्ये ११ जनालाई लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका लागि पठाइएको बताए। बिरामी परेकामध्ये १२ जनालाई सलाइन चढाइको थियो। ‘बुधबार मान्छे मरेको ठाउँबाट निस्कनी (चोसो) भएको ठाउँमा बसाएको अचार खाएको भन्छन्। फुड प्वाइजन भए जस्तो पनि देखिन्छ,’ सूचना अधिकारी ज्ञवालीले भने।

घटना थाहा पाएपछि स्वास्थ्य कार्यालयबाट चिकित्सक सुन्दर तरामुको नेतृत्वमा आठजनाको टोली घटनास्थल गएको थियो। स्वास्थ्य कार्यालयसँग समन्वय गरी घटनास्थलमा स्वास्थ्यकर्मीहरू पठाएको तिनाउँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले बताए। धेरैजना एकैचोटि बिरामी परेको खबर फैलिएपछि बिहीबार दिनभर बर्डफ्लुका कारण घटना भएको हल्ला चलेको थियो।

प्रशासकीय अधिकृत पनेरुले फुड प्वाइजनका कारण बिरामी परेको आशंका गरिएको छ। परीक्षणपछि केही दिनमा यथार्थ पत्ता लाग्नेछ। पाल्पाका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले फुड प्वाइजनिङ भएको आशंका गरिए पनि सबैलाई एकै पटक समस्या आएकाले थप बुझ्नु आवश्यक रहेको बताए।

प्रकाशित: ३ जेष्ठ २०७६ ०१:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App