coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बन्चरो प्रहार गरी श्रीमानको हत्या

धनगढी– कैलालीको घोडाघोडी नगरपालिका चित्तलपुरमा ४० वर्र्षीय लालबहादुर बिष्टलाई उनकी श्रीमतीले बन्चरो प्रहार गरी हत्या गरेकी छिन्। हत्या गरेको अभियोगमा प्रहरीले मंगली भनेर चिनिने ३५ वर्षीय लक्ष्मी बिष्टलाई प्रहरीले पक्राउ गरेको छ।

राति सुतेको बेलामा बन्चरो प्रहार गरी उनले श्रीमानको हत्या गरेको कैलालीका प्रहरी उपरीक्षक राजेन्द्र बिष्टले बताएका छन्।
३–४ वर्षदेखि उनीहरुको बिचमा सम्बन्ध राम्रो नरहेको उनले बताए। लक्ष्मीले घरमा खाना पनि नपकाउने, काम नगर्ने र निर्वाह गर्नुपर्ने दायित्व पूरा नगर्ने भएकाले श्रीमान श्रीमती बिच सम्बन्ध राम्रो नरहेको उनको भनाइ छ।

‘लालबहादुृर मजदुरी गरेर बालबच्चा पाल्ने गर्थे, श्रीमती बिष्टले दायित्व निर्वाह नगर्ने हुदाँ झगडा हुने गरेको बुझियो,’ उनले भने। शनिबार राति पनि दुई जना बिच झगडा भएको थियो। उनीहरु २ जना अलग अलग कोठामा सुत्ने गरेका थिए। दुई छोरा २ दुई छोरी अलग कोठामा सुत्थे। आइतबार मध्यराति तिर सुतेको बेला बन्चरो प्रहार गरी श्रीमानको हत्या गरेपछि उनले घर नजिकै शव खाल्डोमा गाडेर अपराध लुकाउने प्रयास गरेकी थिइन्।

कोदालाले खनीरहेको अवाजले अर्को कोठामा सुतिरहेका छोराछोरीको निद्रा खुल्यो। छोराछोरीले उठेर हेर्दा बुबाको हत्या भएको देखेपछि अर्को घरमा वस्ने हजुर बुबा र हजुरआमालाई खबर गर्न जादाँ उनी फरार भइन्। घर नजिकै जंगलमा लुकेको अवस्थामा फेला पारेर पक्राउ गरेको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक नृप शाहले बताए। मृतक बिष्टका छोराले आमाका बिरुद्ध प्रहरीमा जाहेरी पनि दिएका छन्।

अन्य थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ८ कार्तिक २०७३ १२:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App