coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खोटाङमा अनलाइनबाटै विद्युतको महसुल

विद्युत महसुल बुझ्दै नेपाल विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रका कर्मचारी। तस्बिरः दमन राई/नागरिक

खोटाङ– नेपाल विद्युत प्राधिकरणले खोटाङमा अनलाइनबाटै विद्युतको महसुल बुझ्न थालेको छ। नेपाल विद्युत प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालय दिक्तेल वितरण केन्द्रले बुधबारदेखि अनलाइनबाट महसुल उठाउन थालेको हो।

प्राधिकरणले अनलाइन महसुल भुक्तानी प्राविधि सेवा सुरु गरेपछि एक दिन देखि दुई दिन समय लगाएर दिक्तेल आएर महसुल बुझाउन बाध्य उपभोक्ताले अनलाइनबाटै महसुल बुझाउन सक्ने भएका छन्। ई–सेवा, नेपाल इन्भेष्टमेण्ट बैंक, हिमालयन बैंक, प्रभु बैंक, महालक्ष्मी विकास बैंक, पे–प्वाइन्ट, सिटी एक्सप्रेस र सिएफएस रेमिटको वेभसाईट तथा मोवाइल एप्समार्फत विधुत महशुल तिर्न सकिने कार्यालय प्रमुख रामदिनेश राय यादवले बताए।

ग्रामिण क्षेत्रमा ८० रुपैयाँ महसुल बुझाउनका लागि एक हजारभन्दा बढि खर्च गरेर ओहोर–दोहोर गर्नुपर्ने बाध्यता छ। ‘अनलाइनबाटै विद्युत महसुल तिर्ने व्यवस्था लागू भएपछि ग्राहकले अब विद्युत प्राधिकरण धाउनु पर्ने बाध्यता अन्त्य भएको छ,’ यादवले भने, ‘विद्युतका उपभोक्ताले घरैमा बसि–बसि अनलाइनमार्फत महसुल बुझाउन सक्छन्।’

जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाका १२ हजार ८७० उपभोक्ताले विद्युत उपयोग गरिरहेका छन।

प्रकाशित: २ जेष्ठ २०७६ ११:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App