७ वैशाख २०८१ शुक्रबार
अर्थ

रामगोपालपुरमा नेसनल माइक्रोफाइनान्स

काठमाडौं – नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका, वडा न. ६ मा शाखा विस्तार गरेको छ। उक्त शाखाको उद्घाटन उक्त नगरपालिकाको मेयर अशोककुमार मण्डल र प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले गरेको संस्थाको विज्ञप्तिमा उल्लेख छ।

उद्घाटन कार्यक्रममा संस्थाको प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले संस्थाको सुरुदेखि हालसम्मको प्रगतिको साथै संस्थाले प्रदान गर्ने सेवाबारे जानकारी गराएका थिए।

संस्था गत चैत्र मसान्तसम्ममा ५० वटा शाखा कार्यालयमार्फत सातै प्रदेशका ३७ जिल्लाका ७५ हजारभन्दा वढी विपन्न परिवारमा पुगेको बताइएको छ। यसले तीन अर्ब ४८ करोड कर्जा लगानी गरेको र बचत एक अर्ब १५ करोड रुपैयाँभन्दा बढी संकलन गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २ जेष्ठ २०७६ ०६:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App