८ वैशाख २०८१ शनिबार
अन्य

८ केजी गाँजा बरामद

अखुवाको जंगलबाट बरामद गरेको ८ केजी गाँजा। तस्बिरः नागरिक

धनकुटा– धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिका–२ अखुवाको जंगलबाट मंगलबार प्रहरीले विशेष सुराकीका आधारमा ८ केजी गाँजा बरामद गरेको छ।

जंगलमा रहेको बाँसको झ्याङमा प्लाष्टिकको बोरामा प्याक गरिएको गाँजा स्याउलाले छोपिराखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। बरामद गाँजा जिल्ला प्रहरी कार्यालय धनकुटामा मंगलबारै ल्याइएको छ। गाँजा कसले राख्यो भन्दा पनि सहिदभूमिको अखुवा हुँदै गाँजा मूलघाटतर्फ आउँदै छ भन्ने प्रहरीलाई सुराकी आएपछि प्रहरीले ‘फ्लो’ गर्दा गाँजा लुकाएर तस्करी गर्ने व्यक्ति भागेको हुन सक्ने अनुमान गरिएको छ।

राजमार्गमा निकालेर रातिको समयमा लुकाइछिपाई गाँजा बिक्री गर्ने उद्देश्यले लैजान लागेका धनकुटा प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए।
 

प्रकाशित: २ जेष्ठ २०७६ ०५:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App