महाअभियोग प्रस्तावले सत्ता गठबन्धनमा असर गर्दैन: उर्जामन्त्री शर्मा

सोमबार, ०८ कार्तिक २०७३, १५ : २६ नागरिक

काठमाडौं- उर्जामन्त्री जनार्दन शर्माले अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्ध आफ्नो दलले एमालेसँग मिलेर महाअभियोग प्रस्ताव ल्याएपनि काँग्रेस–नेकपा माओवादी केन्द्रबीचको वर्तमान गठबन्धन कुनै हालतमा नटुट्ने दाबी गरेका छन्।

रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै मन्त्री शर्माले महाअभियोग प्रस्ताव वर्तमान काँग्रेस–माओवादी गठबन्धन टुटाउनको लागि नल्याईएको समेत दाबी गरे। उनले अघि भने,‘गठबन्धन तोडिन लाग्यो भन्ने हल्ला चलाईएको छ, यी भ्रमात्मक कुराहरु हुन्, हामी यो गठबन्धनलाई बलियो बनाउनको लागि गम्भिर छौं, यसबारेमा काँग्रेस  र हामीवीच छलफल भैरहेको छ।’

उनले महाअभियोग प्रस्ताव आफ्नो पार्टीले ल्याएको उल्लेख गर्दै थपे,‘यो प्रस्ताव हामीले ल्याएको हो, एमालेले त समर्थन मात्रै गरेको हो, हामी एमालेको पछि लागेको होईन, एमाले चाहीँ हाम्रो पछि आएको हो, एमालेले चाहँदैमा यो गठबन्धन टुट्दैन्, त्यसैले एमाले र माओवादी केन्द्र मिलेर नयाँ गठबन्धन बनाउन लागे भनेर हाउगुजी नचलाए हुन्छ।’

यो प्रस्ताव तीन वटै पार्टीका प्रमुखहरुवीच छलफल भएर आएको हो, यसमा कसैले शंका नगरेपनि हुन्छ, हाम्रो अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष  केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादर देउवासँग छलफल भएर नै यो प्रस्ताव आएको हो।

मन्त्री शर्माले महाअभियोग प्रस्ताव प्रक्रियामा गैसकेकोले यो दुई तिहाई भन्दा बढी मतले पारित हुने र लोकमान हटाउने समेत दाबी गरे। उनले भने,‘यो प्रस्ताव तीन वटै पार्टीका प्रमुखहरुवीच छलफल भएर आएको हो, यसमा कसैले शंका नगरेपनि हुन्छ, हाम्रो अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष  केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादर देउवासँग छलफल भएर नै यो प्रस्ताव आएको हो, छलफल नै नभईकन प्रस्ताव आयो भन्नु गलत हो, काँग्रेसको सहमतिमै यो प्रस्ताव आएको हो।’

अख्तियार प्रमुख कार्कीले मुलुकमा समानान्तर सरकार चलाएको आरोप लगाउँदै मन्त्री शर्माले थपे,‘लोकमानले पदको दुरुपयोग गरेर राज्यमा आतंक सिर्जना गरेका थिए, त्रास फैलाएका थिए, त्यसैले उनको विरुद्धमा सडक र सदन दुवैमा व्यापक विरोध भएकोले नै हामीले यो कुरा उठाएका हौं।’ 

लोकतन्त्र, कानूनी राज्य, विधिको शासन चाहानेहरुले महाअभियोगको प्रस्तावको पक्षमा मतदान गर्ने समेत उनको विश्वास थियो । प्रस्ताव निर्णयमा पुग्न प्रक्रियागत हिसावले जाने हो भने दुई महिनाभित्रमा टुँगोमा पुग्ने शर्माको दाबी थियो।

लोकमानले नेताहरुमाथि प्रहार गर्न आँटेकोले हतार गरेर महाअभियोग प्रस्ताव ल्याईएको हो? भन्ने  सञ्चारकर्मीको प्रश्नमा शर्माले भने,‘यो गलत कुरा हो, भ्रम छर्ने काम हो, दुई वर्षसम्म हामीले लोकमानलाई छोएकै थिएनौं त? खै किन काम नगरेको ? अहिलेमात्रै किन भोलिको अख्तियारले पनि त काम गर्छ नि?’ उनले अहिलेका अख्तियारको प्रमुख कार्कीको चरित्र र काम गर्ने पद्धतीको बारेमा आफूहरुले कुरा उठाएको समेत दाबी गरे।

 








यसमा तपाईको मत

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad