८ वैशाख २०८१ शनिबार
समाज

ट्याक्टरको डालाले च्यापेर चालकको मृत्यु

विराटनगर– मोरङको बुढिगंगामा बालुवा बोकेको ट्याक्टरको डालाले च्याप्दा ट्याक्टर  चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा को २ त ५१४ नम्बरको ट्याक्टरका चालक भोजपुर हतुवागढी - हसनपुरका भरत राई रहेको प्रहरीले जनाएको छ। 

मोरङ बुढीगंगा –७ स्थित एस्टीएल् इटा उद्योगभित्र कम्पाउडवाल बनाउनको लागि बालुवा लिएर जा“दै गरेको ट्याक्टर पल्टिँदा ट्याक्टरको डालाले च्यापेर चालकको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।

ट्याक्टरको डालाले च्यापेरका राईको उपचारका क्रममा विराटनगर स्थित नोबेल अस्पतालमा मृत्यु भएको मोरङ प्रहरी प्रबक्ता धनश्याम श्रेष्ठले जानकारी दिए। राईको शवलाई पोष्टमाटमका लागि कोशी अञ्चल अस्पताल लगिएको प्रहरीले जनाएको छ। 

प्रकाशित: १ जेष्ठ २०७६ १२:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App