५ वैशाख २०८१ बुधबार
राजनीति

समाजवादी पार्टीका सांसद स्वतन्त्र तिब्बत पक्षधरको कार्यक्रममा गएपछि...

काठमाडौं– उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीका एक सांसद ‘फ्रि तिब्बत’ समूहको कार्यक्रममा सहभागी भएका छन्। पर्साबाट निर्वाचित सांसद प्रदीप यादव पार्टीलाई जानकारी नदिएरै राजपा सांसद एकवाल अहमदसँग युरोपको लाटभियामा भएको स्वतन्त्र तिब्बत पक्षधर सांसदहरुको कार्यक्रममा सहभागी भएको खुलेको छ। 

सत्तारुढ पार्टीकै सांसद ‘फ्रि तिब्बत’ अभियानमा सहभागी भएपछि चिनियाँ पक्षले असन्तुष्टि जनाएको छ। चिनियाँ असन्तुष्टिपछि समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री यादवले बुधवार विज्ञप्ति जारी गरेर सांसद यादवको सहभगिताबारे पार्टीलाई कुनै जानकारी नभएको र यसबारे उनसँग स्पष्टिकरण लिइने बताएका छन्। चित्तबुझ्दो जवाफ नआए अनुशासनको कारबाही गरिने उनको स्पष्टोक्ति छ।

सामाजवादी पार्टी एक चीन नीतिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै अध्यक्ष यादवले सांसद यादवले ‘फ्रि तिब्बत’ समूहको कार्यक्रममा राखेको धारणा पार्टीको धारणा नभएको समेत स्पष्ट पारेका छन्।

यता यो प्रकरणमा चिनियाँ राजदूत होउ यान्छीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेकी छिन्। उनले बुधबार अपराह्न दाहालसँग खुमलटार पुगेर भेट गरेकी थिइन्। 

प्रकाशित: १ जेष्ठ २०७६ ११:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App