फलफूलका ६५ हजार बिरुवा वितरण गरिँदै

बुधबार, ०१ जेठ २०७६, १४ : ५९ नागरिक

कास्की– अन्नपूर्ण गाउँपालिकाले यहाँका ११ वटै वडामा ६५ हजार फलफूलका बिरुवा वितरण गर्ने भएको छ।

व्यावसायिक कृषिलाई गाउँपालिकाले आफ्नो प्राथमिकतामा राखेकामा सम्भाव्य फलफूल खेती एवं कृषिको स्थान पहिचानका लागि विभिन्न ७६५ स्थानको माटो परीक्षण गरी बिरुवा वितरण गर्न लागेको हो। चालू आर्थिक वर्षमा नै ६५ हजार बिरुवा वितरण गर्ने योजनाअन्तर्गत यही असार मसान्तभित्र कृषकले आ–आफ्ना खेतबारीमा बिरुवा सारिसक्ने गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिए। 'कृषकको चाहनाअनुसार उहाँहरूले के के जातका फलफूल लगाउन चाहानुहुन्छ, हामीले वडा कार्यालयमार्फत् निवेदन माग गरेका छौँ,' उनले भने, 'जग्गामा बढ्दै गएको अम्लीपनको निवारणका लागि गाउँपालिकाभित्र ५८५ बोरा कृषि चुन निःशुल्क वितरण गरिसकिएको छ।'

गाउँपालिकाले कृषकलाई वितरण गर्नका लागि धनकुटा पाख्रीबासबाट पाँच हजार एबोकार्डो, दुई हजार सुन्तलाका बिरुवा ल्याएको छ। त्यस्तै १० हजार कुरिलो, चार हजार लप्सी, १० हजार तेजपत्तालगायतका बिरुवा गाउँपालिकाको नर्सरीबाटै उत्पादन गरेको उनले जानकारी दिए।

उत्पादनका माध्यमबाट सर्वसाधारणको आयआर्जनमा वृद्धि गर्ने गाउँपालिकाको लक्ष्य रहेको उल्लेख गर्दै अध्यक्ष कुँवरले त्यसका लागि स्थानीयवासीको जागरुकता अपरिहार्य भएको बताए। रासस







यसमा तपाईको मत

अन्य समाचार

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ...

१९७४ एडीको "निरन्तरता" (भिडियो)

१९७४ एडीको "निरन्तरता" (भिडियो)

सांगीतिक रक ब्याण्ड १९७४ एडीका पुराना सदस्यहरु रियुनाइटेड भए लगतै सांगीतिक कार्यक्रममा जुटिरहेको छ। ...

यस्तो छ दराज ११.११ सेलको फाइदा

यस्तो छ दराज ११.११ सेलको फाइदा

नेपालको अनलाइन शपिङ साइट दराजले संसारकै सबै भन्दा ठुलो सेल डे ११.११ सेल (एकदिनकोसेल) यहि कार्तिक २५ गते, नोभेम्बर ११...

साओमीको सर्भिस सेन्टर थपिए

साओमीको सर्भिस सेन्टर थपिए

साओमीले नेपालका लागि थप आधिकारिक सर्भिस सेन्टर घोषणा गरेको छ । ...

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

नेपाल विज्ञापन संघ (आन) को आयोजना र सामाजिक सुरक्षा कोषको प्राविधिक सहयोगमा ‘सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको छ...

जनता बैंकको सहयोग

जनता बैंकको सहयोग

जनता बैंक नेपालले क्याम्पसलाई सहयोग गरेको छ । ...

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

ब्रिटिस कलेजले इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओई), पुल्चोक क्याम्पस र इन्स्टिच्युट अफ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियर्सकोे साझेदारीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अन्तर्राष्ट्रिय...

एएमडीले ल्यायो सबैभन्दा शक्तिशाली डेस्कटप प्रोसेसर

एएमडीले ल्यायो सबैभन्दा शक्तिशाली डेस्कटप प्रोसेसर

प्रोसेसरको दौडमा इन्टेल पछि पर्दै ! ...

Ncell Footer Ad