८ वैशाख २०८१ शनिबार
समाज

ट्रेड युनियनका उप–महासचिवको निधन

स्वर्गीय रामप्रसाद मिश्र। फाइल तस्बिर।

विराटनगर–प्रजातान्त्रिक आन्दोलनमा सक्रिय योगदान पुर्याएका प्रजातान्त्रिक सेनानी संघका केन्द्रीय सदस्य रामप्रसाद मिश्रको निधन भएको छ। दिवगंत मिश्र ट्रेड युनियन काँग्रेसका उप–महासचिव पनि हुन्।

प्यारालाइसिस, दम तथा सुुगर रोगबाट पीडित मिश्रको ७१ वर्षको उमेरमा विराटनगरस्थित नोवेल अस्पतालमा उपचारको क्रममा निधन भएको हो। विराटनगरको हाटखोलास्थित सिंगिया घाटमा सोमबार उनको दाहसंस्कार गरिएको छ। उनको पार्थिक शरिरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्य, नेपाली कांग्रेस मोरङका सचिव नोगेश कोइराला, अर्का जिल्ला सचिव मोदराज घिमिरेले पार्टीको झण्डा ओढाएका थिए ।

स्वर्गीय मिश्रको दुुइवटा छोरा र एउटा छोरी छन्। अन्तिम संस्कारमा ठूलो संख्यामा पार्टीका नेता तथा कार्यकर्ता, वुुद्धिजिवी तथा सर्वसाधारणको उपस्थिति थियो। सिराहा घर भएका मिश्र विरामी हुुनु भएपछि उपचारका लागि विराटनगर ल्याइएको उनका छोरा पत्रकार विजयप्रसाद मिश्रले जानकारी दिए।

 

प्रकाशित: ८ कार्तिक २०७३ ०९:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App