७ वैशाख २०८१ शुक्रबार
खेल

विवादबीच नेम्बाङ एन्फा वरिष्ठ उपाध्यक्ष

काठमाडौं – निर्वाचन भएको एक वर्ष बितिसकेपछि अखिल नेपाल फुटबल संघको कार्यकारी समिति बैठकले पंकजविक्रम नेम्बाङलाई वरिष्ठ उपाध्यक्ष चयन गर्न सफल भएको छ। बुढानीलकण्ठको पार्क भिलेज रिसोर्टमा मंगलबार सम्पन्न एन्फा कार्यसमिति बैठकले उपाध्यक्ष नेम्बाङलाई वरिष्ठ उपाध्यक्षमा बहुमतले चयन गर्दै थप तीन निर्णय गरेको हो।

यद्यपि, वरिष्ठ उपाध्यक्ष चयन भने विवादरहित बन्न सकेन। वरिष्ठ उपाध्यक्षका अर्का आकांक्षी उपाध्यक्ष वीरबहादुर खड्कासहित दुई सदस्य रत्नकुमार श्रेष्ठ र पूर्णमान चित्रकारले असन्तुष्टि जनाउँदै बैठक बहिष्कार गरेका थिए।

उपाध्यक्ष खड्काले राष्ट्रिय खेलकुद परिषद्बाट विधान स्वीकृत नभएको अवस्थामा बैठक बस्दै केही निर्णय भएकाले आफूहरूले बहिष्कार गरेको बताए। खेलकुदको कानुन पालनाका साथै सुशासन नारा लिएर निर्वाचित नेतृत्वले नै अवैधानिक रूपमा बैठक गरेकाले आफूहरूको असहमति रहेको उपाध्यक्ष खड्काको भनाइ छ।

‘हाम्रो विधान राखेपको स्वीकृतिपश्चात् मात्र वरिष्ठ उपाध्यक्ष चयन गरौं भन्ने हाम्रो प्रस्ताव थियो,’ एन्फा उपाध्यक्ष खड्काले भने, ‘तर अध्यक्षले मान्नु भएन।  अध्यक्षले आफ्नै नारालाई त्याग्दै सुशासन लत्याउनुभयो। उहाँले आपूmमाथि दबाब रहेको भन्दै जबरजस्ती बैठक अगाडि बढाउनु भएपछि हामीले बहिष्कार ग-यौं।’

यससँगै दोस्रो पटकको प्रयासमा वरिष्ठ उपाध्यक्ष चयन गरिए पनि विवारहित बन्न भने सकेन। यसअघि गत वर्षको माघ २ गते सम्पन्न कार्यकारी समितिको बैठकमा पनि वरिष्ठ उपाध्यक्ष चयन विवाद भएपछि नयाँ नेतृत्वको समितिले पूर्णता पाउने सकेको थिएन। गत वैशाख २२ गते निर्वाचन भएको एक वर्ष बितिसकेपछि एन्फाले आवश्यक परेको खण्डमा कार्यवाहक अध्यक्षको प्रणाली प्रयोग गर्न पाउने भएको छ। 

एन्फा अध्यक्षको अनुपस्थितिमा वरिष्ठ उपाध्यक्षले कार्यभार सम्हाल्ने वैधानिक व्यवस्था छ। यद्यपि, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले विदेशयात्राका क्रममा विवादका कारण कार्यवाहक अध्यक्ष दिएको थिएन। मंगलबारको कार्यसमिति बैठकले वार्षिक कार्यक्रम तथा बजेट, भौतिक पूर्वाधार मर्मत सम्भार तथा निर्माण र कर्मचारी कार्यविधिसम्बन्धी निर्णय भएको एन्फाले जनाएको छ।

बजेटअन्तर्गत जिल्ला, प्रदेश र एन्फा प्रेसिडेन्ट लिग सञ्चालन गर्ने नियमावली पनि अनुमोदन गरेको छ। साथै आगामी वर्षदेखि राष्ट्रिय लिग सञ्चालन गरिने भएको छ। पूर्वाधार मर्मत र निर्माणअन्तर्गत ४५ जिल्लाका फुटबल संघ र ए, बी, सी डिभिजन क्लबहरूमा सम्भाव्यताको अध्यन गरी कम्तीमा १० स्थानमा एकैपटक भौतिक पूवार्धार (खेल स्थान र टेक्निकल सेन्टर निर्माण तथा स्तरोन्नति) गर्ने निर्णय पनि गरेको छ।

एन्फाले आफ्ना कर्मचारी कार्यविधिअन्तर्गत सेवासुविधा र अधिकारीका सम्बन्धमा कार्यविधि पारित ग-यो। एन्फाले प्रदेश–१ बाट वसन्त अर्याल, २ बाट मोहम्मद समिउल्लाह, तीनबाट मोहनकुमार बस्नेत, चारबाट विश्व पौडेल र पाँचबाट प्रकाश पंगेनीलाई सहायक महासचिवमा मनोनित गरेको छ। प्रदेश–६ र ७ बाट प्रतिनिधित्व हुने गरी प्रकाश विष्टलाई मानार्थ सदस्यमा मनोनित गरेको एन्फाले जनाएको छ।

एन्फा प्रवक्ता किरण राईको संयोजकत्वमा आचारसंहिता लागू गर्ने भएको छ। बुटवल र धरानमा रहेको एन्फा एकेडेमीका लागि यु–१३ र यु–१६ उमेरसमूहका २५÷२५ जना खेलाडी छनोट गरी प्रशिक्षण प्रदान गर्ने एन्फाले निर्णय गरेको छ।

‘एन्फा अध्यक्षले आफ्नै नारालाई त्याग्दै सुशासन लत्याउनुभयो। उहाँले आपूmमाथि दबाब रहेको भन्दै जबरजस्ती बैठक अगाडि बढाउनु भएपछि हामीले बहिष्कार ग-यौं।’

प्रकाशित: १ जेष्ठ २०७६ ०५:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App