coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेकपा संयुक्तका सांसदले महाअभियोग पक्षमा मतदान गर्ने

काठमाडौं—नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका—संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावको समर्थनमा मतदान गर्ने निर्णय गरेको छ। 

पार्टीको केन्द्रीय समितिको आइतबार सम्पन्न बैठकले महाअभियोग प्रस्तावमाथि मतदान हुँदा त्यसको समर्थनमा मतदान गर्ने निर्णय गरेको हो। उक्त प्रस्तावको समर्थनमा मतदान गर्न पार्टीका सांसदलाई निर्देशनसमेत दिएको सो पार्टीले जनाएको छ। संसदमा नेकपा संयुक्तका तीन सांसद छन्।

पार्टीका प्रचार विभाग प्रमुख केदारचन्द्र शर्माका अनुसार बैठकले देश सङ्घीयतामा गइसकेको अवस्थामा पार्टी विधानलाई संशोधन गरी सङ्घीय संरचनामा परिमार्जन गर्ने निर्णय समेत गरेको छ। 

पार्टीको साङ्गठनिक संरचना वडा, गाउँ नगरपालिका, जिल्ला, प्रदेश र केन्द्रमा गरी पाँच तहमा रहनेछ। नयाँ विधानअन्तर्गत पार्टीका धेरै अधिकारलाई केन्द्रबाट प्रादेशिक स्तरमा स्थानान्तरण गरेको छ भने पार्टीका प्रत्येक निकाय समावेशी चरित्रका हुनेछन्। 

त्यसैगरी बैठकले संविधानमा आवश्यक संशोधन गरी समयमै चुनावको वातावरण बनाउन माग गर्दै भूकम्पपीडितलाई यथाशीघ्र राहत र आवासको व्यवस्था गर्न सरकारसंग आग्रह गरेको छ। रासस 

प्रकाशित: ८ कार्तिक २०७३ ०७:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App