सूचना प्रविधि केन्द्रको रिकभरी सेन्टर सञ्चालन

बुधबार, ०१ जेठ २०७६, ०९ : ०५ नागरिक

मकवानपुर – काठामाडौंमा मात्र रहेको नेपालको एकमात्र सूचना प्रविधि केन्द्र (डाटा सेन्टर)को विकल्पको रुपमा हेटौंडामा डिजास्टर रिकभरी सेन्टर सञ्चालन गरिएको छ। दक्षिण कोरियाको कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)मार्फत ४.६ मिलियन डलर सहयोगमा उक्त डाटा सेन्टर स्थापना गरिएको हो।

आठ कट्ठा चार धुर जमिनमा २०७२ असोज १३ गतेदेखि निर्माण सुरु गरिएको उक्त भवन २०७३ पुस १६ गते निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको थियो। तर २०७२ को भूकम्प, नाकाबन्दीलगायत समस्याले समयमै निर्माण सम्पन्न गर्न नसकिएको राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक सुनिल पौडेलले बताए।

भौगोलिक विकटता, प्राकृतिक बिपत्ति, आगलागी, भूकम्पलगायत कारण सरकारी सूचना र तथ्यांक सुरक्षित गर्न डिजास्टर रिकभरी सेन्टर सञ्चालन गरिएको कार्यकारी निर्देशक पौडेलले बताए। उनका अनुसार सबै सरकारी कार्यालयले प्रयोग गर्न मिल्ने गरी राष्ट्रियस्तरमै उच्चस्तरको डाटा सेन्टर सञ्चालनमा ल्याइएको छ। नेपाल र कोरिया सरकारबीच २०७१ वैशाख ३१ गते डाटा सेन्टर निर्माण गर्ने सम्झौता भएको थियो।







यसमा तपाईको मत


अन्य समाचार

गोयन्का ग्रुपको सेलो कुलर बजारमा

गोयन्का ग्रुपको सेलो कुलर बजारमा

तीन वर्षयता संचालित गोयन्का ग्रुपले बजारमा ल्याएका प्रोडक्टहरु उपभोक्ताले अत्याधिक रुचाउँदै आइरहेका छन् । स्थापनाकाल देखि नै गुणस्तरयुक्त प्रोडक्ट बिक्रि...

एनसेलले ल्यायो भारत भ्रमणमा ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’  योजना

एनसेलले ल्यायो भारत भ्रमणमा ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ योजना

एनसेलका ग्राहकले अब भारत भ्रमणमा रहदा बिना कुनै झन्झट अझ सुलभ दरमा डेटा रोमिङ्ग सेवाको मजा लिन सक्नेछन् । ग्राहकले...

कस्तो भ्याक्युम क्लिनर किन्ने ? -  भ्याक्युम क्लिनर खरिद गाइड

कस्तो भ्याक्युम क्लिनर किन्ने ? - भ्याक्युम क्लिनर खरिद गाइड

भ्याक्युम क्लिनर किन्दा के के हेरेर किन्ने ? कस्तो किन्ने ? ...

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता ...

अब कोरियन प्रबिधिको भुकम्प प्रतिरोधी सस्तो घर, ६० बर्ष टिकाउ

अब कोरियन प्रबिधिको भुकम्प प्रतिरोधी सस्तो घर, ६० बर्ष टिकाउ

फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै उत्पादन शुरु गरेको हो ...

ढुङ्गा माटोको घरलाई कसरी भुकम्प प्रतिरोधी बनाउने?

ढुङ्गा माटोको घरलाई कसरी भुकम्प प्रतिरोधी बनाउने?

घरको के को बनाउने भन्दा पनि घर बनाऊँदा के कस्तो कुरामा ध्यान दिनु भन्ने कुरा बढि महत्वपुर्ण हुन्छ । विधि...

डाबर नेपालको  रियल मिक्स्ड फ्रुट मसला

डाबर नेपालको रियल मिक्स्ड फ्रुट मसला

फ्रुट जुसको बजारमा आफ्नो बर्चस्व कायम गर्न सफल रियलले उपभोक्ताहरुलाई अझ बढी छनौट प्रदान गर्न चटपटा र स्पाइसी मसला स्वादका...

इटहरीमा अग्नि ग्रुपको विक्री कक्ष

इटहरीमा अग्नि ग्रुपको विक्री कक्ष

अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वक्र्स प्रा.लि.ले इटहरीमा महिन्द्रा गाडीहरुको लागि आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ । नयाँ स्थापना...