coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रवास

लण्डनमा बुद्ध जयन्ती समारोह

लण्डन– विश्वविख्यात लण्डनको ट्राफल्गर स्क्वायरमा २५ सय ६३ औं बुद्ध जयन्ती मनाइएको छ। बुद्ध फाउन्डेसन युके र कपिलबस्तु समाज युकेको आयोजनामा आइतबार साँझ लण्डनको ट्राफल्गर स्क्वायरमा ‘बुद्ध जयन्ती समारोह’को आयोजना गरिएको हो।

बौद्धगुरु धरम गुरुङले बुद्ध पूजा गरेर कार्यक्रममा विभिन्न सांस्कृति कार्यक्रमका साथै बुद्ध दर्शको महत्व र ऐतिहासिक पक्षबारे विचार विमर्श गरेका थिए। बेलायतका बिभिन्न सरहबाट नेपाली समुदायको बाक्लो उपस्थित रहेको कार्यक्रममा शान्तिदीप प्रज्वलन, धार्मिक पूजा,  गौतम बुद्ध र लुम्बिनी सम्बन्धी सन्देशमुलक प्रस्तुति देखाइएको थियो।  नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्ने उदेश्यले आयोजित कार्यक्रममा  नेपाली कला सांस्कृतिक झल्किने झाँकी समेत प्रस्तुत गरिएको थियो।

बेलायतस्थित विदेशी कुटनितीज्ञहरुको समेत उपस्थित रहेको समारोहमा स्वागत मन्तव्य दिंदै बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न आव्हान गरेका थिए। कार्यक्रममा बुद्ध फाउन्डेसनका अध्यक्ष दीपक श्रेष्ठको अध्यक्षमा भएको कार्यक्रममा, कार्यक्रम संयोजक शिवजी श्रेष्ठ, रसमोर काउन्सिलका मेयर पउल टेलर, ब्रिटिश संसद वीरेन्द्र शर्मा, बेलायतका लागि कुवेतका राजदूत खालिद अबुल्लाज अल दुवाइसन, एनआरएन युकेका अध्यक्ष, योग कुमार फगामी लगायतले बुद्ध दर्शनका बिभिन्न पक्षमा आआफ्ना भनाई राखेका थिए। नेपाली दूतावास लण्डन, गैरआवासीय नेपाली संघ युकेको सहकार्यमा आयोजित कार्यक्रमको प्रमुख अतिथिको रुपमा लुम्बिनी बौद्ध विश्वविद्यालयका उप चान्सलर हिरण्य रत्न बज्राचार्य रहेका थिए। कार्यक्रममा वेलायतस्थित नेपाली संघसंस्था, डुराम विश्वविद्यालयका प्राध्यापक रविन कनिंगहमले बौद्ध दर्शन र लुम्विनीको बारेमा  प्रकाश पारेका थिए।    

कनिंगहमले  दक्षिण एशियाली मुलुकहरुको पुरातत्वसम्बन्धी विषयमा विशेष  अनुसन्धान गरेका छन्। समारोहमा फुलको आँखामा, रेसम फिरीरी, तितेकरेली, सय बाजा एउटै ताल, यो नेपाली शिर उचाली, जहाँ छन बुद्धका आँखा लगायतका नेपाली राष्ट्रियता झल्काउने लोकप्रिय गीत प्रस्तुत गरिएको थियो। यस्तै सौरभ दाहाल, दिव्य कव्या दाहाल, बिनोद चिपालु, शुसिल प्रजापति, मुस्कान घिमिरे, सर्मिला बर्देवा, सर्मिला सिंह, सोनम उनेम लगायतले नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रमको संचालन गौमाया गुरुङ, लक्षम गुरुङले गरेका थिए भने धन्यवाद ज्ञापन राजन खकुरेलले गरेका थिए।

प्रकाशित: ३१ वैशाख २०७६ १०:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App