मिडिया काउन्सिल विधेयक सच्याउन पहल गर्छुः तिमिल्सिना

मङ्गलबार, ३१ बैशाख २०७६, १४ : ४० नागरिक

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मिडिया काउन्सिलसम्बन्धि विधेयक सच्याउन आफूले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। अध्यक्ष तिमिल्सिनाले संघीय संसदको राष्ट्रियसभामा दर्ता गरिएको सो विधेयक संशोधनको क्रममा र संसदीय समितिको छलफलको क्रममा सच्याउने अवसर भएकाले त्यसको सदुपयोग गर्न पनि सम्बन्धित पक्षलाई आग्रह गरे।

मंगलबार सो विधेयक सच्याउन पहल गरिदिन आग्रह गर्दै सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पुगेका नेपाल प्रेस युनियनका पदाधिकारीसँगको भेटमा उनले सो विधेयकमा देखिएका कमीकमजोरी हटाउन पर्याप्त छलफल गर्ने अवसर भएको पनि स्पष्ट पारे। विधेयक संशोधनको क्रममा र विषयगत समितिमा छलफलको क्रममा सरोकारवाला निकायसँग पनि छलफल गर्ने प्रक्रिया भएकाले कुनै पनि विधेयक सच्याएर अघि बढाउन पर्याप्त अवसर रहेको अध्यक्ष तिमिल्सिनाको भनाई छ।

त्यस अवसरमा युनियनले सम्पूर्ण मिडियामाथि नै ‘कु’ गर्ने नियतका साथ ल्याइएको सो विधेयक सच्याउन पहल गरिदिन आग्रह गर्दै अध्यक्ष तिमिल्सिनालाई ज्ञापन पत्र बुझाएको थियो। सोमबार (हिजो) नेपाल पत्रकार महासंघले पनि सो विधेयकलाई प्रेस मैत्री बनाई दिन आग्रह गर्दै अध्यक्ष तिमिल्सिनालाई ध्यानाकर्षण पत्र बुझाएको थियो। पत्रकारहरुलाई कडा दण्ड/जरिवानाको व्यवस्थासहित राष्ट्रिय सभामा दर्ता गरिएको सो विधेयकको सर्वत्र आलोचना भइरहेको छ।





यसमा तपाईको मत

अन्य समाचार

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसनले नालास्थित धाग्पो शिडरब लिङ फाउन्डेसनलाई एउटा एम्बुलेन्स, विभिन्न मेडिकल उपकरणहरु र एउटा मालबाहक गाडी सहयोग गरेको...

Ncell Footer Ad