coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

गुणस्तरहीन औषधि बेच्ने पसललाई कडा कारबाही गछौंः स्वास्थ्य मन्त्री यादव

काठमाडौं - सरकारले गुणस्तरहीन औषधि बिक्रीवितरण गर्ने औषधि पसलहरुलाई कडा कार्वाही गर्ने चेतावनी दिएको छ।
उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरहित औषधि विक्री वितरण गर्ने औषधि पसलहरुमाथि कडा कार्वाही गर्ने चेतावनी दिएका हुन्।

उनले चिस्यानमा नराखिएको औषधि बिक्री वितरणमा पनि प्रतिबन्ध लगाउने बताए। मंगलबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उपप्रधानमन्त्री यादवले चिकित्सकहरुको प्रेसक्रिप्सन’ विना औषधि बिक्री वितरण गर्न नपाउने गरी सबै औषधि पसलहरुमा सरकारले कडा निगरानी राख्ने योजना पनि अघि सारे।

उपप्रधानमन्त्री यादवले सरकारले सिधैं कम्पनीबाट औषधि खरिद गर्ने कानुनी व्यवस्था गर्न जरुरी रहेको पनि बताए। उनले सार्वजनिक खरिद ऐनको प्रक्रियाबाट औषधि खरिद गर्दा महंगो पर्न जाने भएकाले त्यसलाई रोकेर सरकार आफैंले सिधै कम्पनीबाट औषधि खरिद गर्ने तयारी भईरहेको पनि बताए।

प्रकाशित: ३१ वैशाख २०७६ ०६:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App