७ वैशाख २०८१ शुक्रबार
समाज

ट्याक्टर दुर्घटनामा चालकको ज्यान गयो

लम्की पुलबाट खसेको ट्याक्टर।

टीकापुर - कैलालीको टीकापुर नगरपालिका–१ लम्कीपुलमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। इलाका प्रहरी कार्यालय टीकापुरकाअनुसार मंगलबार बिहान भएको दुर्घटनामा जानकी गाउँपालिका–५ पथरैयाका करिव ३५ वर्षका धनबहादुर चौधरीको ज्यान गएको छ।

उनी आफैले चलाएको से १ त १११६ नम्बरको ट्याक्टर बिहान साढे ७ बजे दुर्घटना भएको थियो। टीकापुरबाट इँटा बोकेर नारायणपुरतर्फ गैरहेको ट्याक्टर लम्कीपुलबाट खसेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनाको कारण पत्ता लागि नसकेको र प्रहरीले अनुसन्धान गरिरहेको छ। इलाका प्रहरी कार्यालय टीकापुरको टोली घटनास्थल पुगेको छ। ट्याक्टरमा मृतक चालक मात्रै रहेको बुझिएको छ।

प्रकाशित: ३१ वैशाख २०७६ ०४:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App