coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सीपले बनायो आत्मनिर्भर

सिलाइकटाइ सम्बन्धि काम गर्दै लक्षु बोहोरा। फोटो जनक शाही/ नागिरक

जनक हादुर शाही

हुम्ला - हुम्लामाको सिमकोट गाउँपालिका २ ठेहे की लक्षु बोहोरा सिलाइकटाइ सीप सिकेपछि आत्मानिर्भर बनेकी छन्। सिलाइकटाई सामान्यतया दलित समुदायले मात्रै गनुपर्छ भन्ने मान्यतालाई लत्याउँदै बोहराले सिलाइकटाइको काम गर्न थालेकी हुन्। उक्त कामले उनलाई आत्मनिर्भर समेत बनाएको छ।

४ वर्ष अघि नेपालगञ्ज पुगेर ६ महिने सिलाइकटाई तालिम गरेकी बोहराले ६० हजार लगानीमा काम सुरु गरेकी थिइन्। अहिले उनले मासिक ५० देखि ६० हजारसम्मको कारोबार गर्दै आएकी छन्। ‘काम गरेर कमाएको पैसाले दुई छोरा छोरीको पढाइ र अन्य खर्च धान्न सजिलो भएको उनले बताइन्। 'हामी काम गर्न अल्छि गछौं, अरुको मुख ताक्छौं। अरुको मुख ताकेर बस्नुभन्दा केही न केही गरेर बस्नुपर्छ भनेर यो काम सुरुआत गरेकी हुँ। उनले भनिन्, बच्चाको पढाई मात्र होइन व्यवसायबाट आर्जेको केही रकम बचत समेत गरेको छु।'

उनीमात्रै होइन पछिल्लो समय जिल्लाका महिलाहरु विभिन्न सीप सिकेर आत्मनिर्भर बन्ने क्रम बढ्दो छ। व्यवसायले महिलालाई आर्थिक रुपमा बलियो बनाएको  जिल्ला महिला रक्षक सञ्जाल हुम्लाकी अध्यक्ष गंगा बोहाराले बताईन्। बोहोरा मात्र होइनन् अहिले सिमकोटकै महिलाहरु पनि सिलाइकटाइ व्यवसायमा छन्।  अझ एकल महिलालाई त घरमै बसेर यो काम गर्न पाउँदा निकै सुविधा भएको छ। बोहोराले भनिन्, 'काम पनि हुने, पैसा पनि कमाइने। विशेषगरी यो व्इवसायले हुम्लाका एकल महिलालाई आत्मनिर्भर बनाएको छ।'

सीप सिकेका महिलाले अरुलाई समेत सिकाइरहेका छन्। बोहोरालाई सरकारी तथा गैह्रसरकारी संघ, संस्थाले ग्रामीण क्षेत्रका महिलाहरुलाई तालिम दिनको लागि सहजकर्ताको रुपमा छनोट गरी हुम्लाका विभिन्न गाउँपालिकामा पठाउने गरेकोछ। यसले मलाई निकै खुसी बनायो र मेरो आत्माबल पनि बढेको उनले भनिन्, 'सरकारले मेरो मिहिनेतको मुल्यांकन गरेर तालिममा खटायो।' आफू जस्तै गाउँका महिलालाई व्यवसायिक सी सिकाउन पाउँदा अर्कै आनन्द आउने भएकोले एकदमै खुसी लागेको उनको उनले बताइन्।

हामी महिलाहरुले सी सिकेर आत्मनिर्भर बन्दा अरुले होच्याउने, हेप्ने प्रवृत्ति पनि घटेको  र सानो खर्चका लागि पनि हात थाप्नु नपरेको बोहोराको भनाइ छ। यसैगरी सबैबाट सहयोग र समर्थन मिल्यो हो भने समाज परिवर्तन गर्न समय नलाग्ने बोहाराले बताइन्।

प्रकाशित: ३१ वैशाख २०७६ ०३:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App