८ वैशाख २०८१ शनिबार
समाज

सात वर्ष करारमा राखेर बिदा गर्ने तयारी

काठमाडौं - धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका नर्सहरुले केन्द्रले आफूहरुलाई पाँचदेखि सातवर्षसम्म नियम विपरीत करारमा राखेर स्थायी नगराउँदा आफूमाथि समय र श्रमको शोषण भएको बताएका छन्।

सरकारको श्रम ऐन २०५७ अनुसार कुनै पनि श्रमिकलाई २ सय ४० दिनभन्दा बढी करारमा राख्न पाइँदैन। तर केन्द्रमा ३० जना नर्सिङ कर्मचारी ५ वर्षदेखि ७ वर्ष अवधि पूरा गरेका र अन्य कर्मचारीले पनि त्यती नै अवधि सेवा गरेका छन्। केही दिनअघि गठन भएको अस्पताल विकास समितिले हालै ९६ जना नर्सको स्थायी दरवन्दी खुलाए छ। अस्पतालमा ९६ जना नर्स कार्यरत छन्। केन्द्रमा नयाँ नर्सलाई नियुक्ति गर्ने प्रक्रियाले लामो समयदेखि काम गरेका कर्मचारी तथा नर्स बाहिराउने नियत भएको नर्सहरुको गुनासो छ। ‘नयाँ प्रक्रियामा जाँदा सात वर्षदेखि काम गरिरहेका सबै नर्स तथा कर्मचारी नपर्नसक्ने सम्भावना बढी छ,’ केन्द्रकी नर्स विक्की शेर्पाले भनिन्। लामो समयदेखि योगदान दिएका अनुभवी नर्सहरुलाई केन्द्रमै पदबहाली गर्नुपर्ने आफूहरको माग भएको उनले बताइन्।

‘लामो अवधि काम गरेका नर्सलाई केन्द्रमै व्यवस्थापन गर्ने सम्भवाना नखोजी बाहि¥याउने नियत राख्नुलाई कसरी जाय ज मान्न सकन्छि ?’ उनले प्रश्न गरिन्। लामो समय करारमा सेवा गरेका कर्मचारीको व्यवस्थापन गर्न नसक्नु केन्द्रको कमजोरी भएको उनीहरुको आरोप छ। ‘अन्य अस्पतालमा पनि करारमा नर्स राखिएका हुन्छन्। तर उनीहरुको व्यवस्थापन गरिन्छ। यहाँ त्यसो भएन,’ केन्द्रकी नर्स इला कोइरालाले भनिन्। केन्द्रको लागि स्थायी दरवन्दी खुलेलगत्तै विरोधमा उत्रिएका नर्सहरुको विरोध सोमबार पनि जारी रह्यो। नर्सहरुको मागलाई लिएर चारदिनदेखि दुई नर्स अनशनरत छन्। नर्स विक्की शेर्पा केन्द्रकै आकस्मिक कक्षमा अनशनरत छिन्। अनशनका कारणले उनको स्वास्थ्य अवस्था बिग्रिएपछि आकस्मिक कक्षले उनलाई सलाइन पानी चढाएको थियो।  केन्द्रका नर्सको समर्थनमा पोखराको एक अस्पतालमा काम गर्ने पूर्वनर्स जीता बराल पनि नेपाल नर्सिङ संघको परिसरमा अनशन बसेकी छिन्। पीडित नर्सहरुको माग पूरा नभएसम्म अनशन जारी राख्ने बरालले बताइन्। उनलाई आइतबार स्वास्थ्यमा समस्या भएपछि विपी स्मृति अस्पताल पु¥याइएको थियो। जीतालाई भेट्न संघ पदाधिकारी र अन्य सरोकारवाला कोही पनि पुगेका छैनन्।

अनशनको चौथो दिन आन्दोलन जायज भएको भन्दै भक्तपुर स्वास्थ्यकर्मी संघ र काठमाडौं मेडिकल कलेजका स्वास्थ्यकर्मी केन्द्रमा पुगी अनशनरत शेर्पालाई भेटेको थियो। भेटको क्रममा दुवै समूहले नर्सहरुको विरोधमा एक्येवद्धता जनाउँदै अघिबढ्ने प्रतिबद्धता जनाए। आइतबार साँझ केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले अनसनरत नर्सलाई भेटेर आन्दोलन आफ्नो नियन्त्रणबाहिर गएको बताएको नर्सहरुले बताए। ‘निर्देशक आएर मेरो हातमा केही छैन भन्नुभयो,’ शेर्पाले भनिन्।

प्रकाशित: ३१ वैशाख २०७६ ०३:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App