६ वैशाख २०८१ बिहीबार
समाज

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मौसममा बदली

काठमाडौं – पश्चिम न्यून चापीय प्रणालीको प्रभावले मुलुकभरको मौसममा बदली भई केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना देखिएको छ। साथै मध्य क्षेत्रका केही स्थपूर्वी तराईमा हावाहुरीको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस मौसमी प्रणालीको प्रभावले पश्चिमबाट बादल आएर मौसममा बदली हुनुका साथै छिटफुट वर्षा भएको हो।

यो मौसमी प्रणाली मध्य र पूर्वतिर सर्ने क्रममा रहेको र अहिले मध्य क्षेत्रमा असर देखिएको महाशाखाका मौसमविद् सुवास रिमालले जानकारी दिए। यो मौसमी प्रणालीको प्रभाव विस्तारै पूर्वतिर सर्नेक्रममा रहेको छ। पश्चिमतिरको आकाश सफा भए पनि पुनः अर्काे मौसमी प्रणाली आउने देखिएकाले अझै केही दिन मौसममा आंशिकदेखि सामान्य बदली भइरहने महाशाखाले प्रक्षेपण गरेको छ। यो मौसमी प्रणाली पश्चिमको तुलनामा पूर्वमा बढी प्रभाव देखिने उहाँले बताए। महाशाखले तीन दिनको मौसमी अवस्थाका बारेमा जानकारी दिँदै भोलि पनि मुलुकभरको मौसममा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ।

त्यस्तै जेठ १ गते पनि देशभरीको मौसममा आंशिकदेखि सामान्य बदली रही पश्चिमका थोरै स्थानमा तथा मध्य र पूर्वका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना देखिएको छ।

प्रकाशित: ३१ वैशाख २०७६ ०३:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App