coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानन्यायाधीश जबरा रसिया भ्रमणमा

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित ४ जना रसिया भ्रमणमा गएका छन् । प्रधानन्यायाधीश जबराकी धर्मपत्नीसहित सर्वोच्चका मुख्य रजिष्ट्रार नृपध्वज निरौला र एकजना शाखा अधिकृत भ्रमणमा गएका हुन् । रसियाका प्रधानन्यायाधीशको निमन्त्रणामा जबरा एकसाताको भ्रमणमा गएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ ।

रसियाका प्रधानन्यायाधीशले गरेको निमन्त्रणा स्वीकार्दै न्यापालिकाको अनुभव आदान–प्रदान गर्ने उद्देश्यले भ्रमणमा गएको सर्वोच्चले जनाएको छ । प्रधानन्यायाधीश भ्रमणमा गएपछि सर्वोच्चको नेतृत्व वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीले सम्हालेका छन् । सोमबारदेखि कामु प्रधानन्यायाधीश कार्कीले दैनिक पेशी सूची तोकेका छन् । प्रधानन्यायाधीश राणा जेठ ९ मा नेपाल फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित: ३१ वैशाख २०७६ ०२:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App