coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओली कम्बोडियामा

काठमाडाैँ - प्रधानमन्त्री केपी शर्मा ओली दुई दिने भ्रमणका शिलशिलामा कम्बोडिया पुगेका छन् । कम्बोडियाका प्रधानमन्त्री हुन सेनको निमन्त्रणामा कम्बोडिया प्रस्थान गरेका ओलीलाई सोमबार नोम पेन्ह अन्तर्राष्ट्रिय विमानस्थलमा कम्बोडियाका वातावरण मन्त्री से अल तथा विदेश मामिला तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयका सचिव एट सोफियले स्वागत गरेका थिए ।

प्रधानमन्त्री अ‍ेली चार दिवसिय भियतनाम भ्रमण सम्पन्न गरेर त्यसतर्फ लागेका हुन् । भियतनाम भ्रमणका बेला प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको वैशाख कार्यक्रम तथा अन्य विभिन्न कार्यक्रममा सम्बोधन गरेका थिए । उनले भियतनामका समकक्षीसँग भेट गर्दै महŒवपूर्ण सम्झौतामा समेत हस्ताक्षर गरेका थिए ।

प्रधानमन्त्री ओलीलाई कम्बोडियाका समकक्षी हुन सेनले एसिया प्रशान्त सम्मेलनमा भाग लिन नेपाल आएका बेला निमन्त्रणा गरेका थिए । कम्बोडिया भ्रमणका क्रममा प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलले कम्बोडियाले गरेको विकासबारे जानकारी लिने जनाइएको छ । त्यस्तै प्रधानमन्त्री ओलीले त्यहाँस्थित बौद्धमार्गीलाई नेपाल भ्रमणका लागि आकर्षित गर्ने कार्यक्रमसमेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले आइतबार भियतनामका आयोजना गरिएको वैशाख कार्यक्रमका अवसरमा पनि त्यहाँ उपस्थिति विभिन्न मुलुकका पाहुनासहित भियतनामका बौद्धमार्गीलाई जीवनमा एकपटक लुम्बिनी भ्रमण गर्न सुझाव दिएका थिए । प्रधानमन्त्री ओली भ्रमण सकेर जेठ १ गते स्वदेश फर्किने कार्यक्रम छ ।

प्रकाशित: ३१ वैशाख २०७६ ०२:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App