coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आगलागीमा दुईको मृत्यु, १३ घर जले

रुकुम – गत बिहीबारदेखि जंगलमा फैलिएको आगलागीमा परी सल्यानमा दुईजनाको मृत्यु भएको छ भने १३ घर पूर्ण रूपले जलेका छन्। जिल्लाको छत्रेश्वरी गाउँपालिका–६ रामकाँडाबाट सुरु भएको आगलागी अझैसम्म पनि नियन्त्रणमा आउन नसकेको प्रहरीले जानकारी दिएको छ। अहिले पनि जिल्लाका विभिन्न ठाउँमा सुरक्षाकर्मी आगो नियन्त्रणका लागि खटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए।

आगलागीमा परी छत्रेश्वरी गाउँपालिका–६ की ५५ वर्षीया प्यान्टी बोहरा र शारदा नगरपालिका–९ दुवेरीका ६३ वर्षीय गोवर्धन पुनको मृत्यु भएको हो। गाउँपालिका–६ का ४० वर्षीय खगेन्द्र बोहरा गम्भीर घाइते भएको डिएसपी शाहीले जानकारी दिए। सोमबार साँझसम्म पनि यहाँको जंगलमा आगलागी भइरहेको छ। जंगलमा भइरहेको आगो नियन्त्रण गर्न सक्ने अवस्थामा नरहेको बताइएको छ।

प्रकाशित: ३१ वैशाख २०७६ ०२:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App