coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

धुलो नियन्त्रणको माग गर्दै जनप्रतिनिधि नै आन्दोलित

महोत्तरी– निर्माणाधिन भिटामोड जलेश्वर जनकपुर सडक खण्डमा उड्ने धुलोका कारण सर्वसाधारणलाई श्वास लिन पनि समस्या देखिन थालेपछि धुलो नियन्त्रणका लागि जलेश्वर नगरपालिकाको वडा नं. २ का  जनप्रतिनिधिले आन्दोलन सुरु गरेका छन्।

उक्त सडकको निर्माणको ठेक्का पाएका ठेकेदार कम्पनीको लापरवाहीका कारण सडक जुनसुकै बेला धुलामय भएर सर्वसाधारणलाई श्वास लिन पनि समस्या हुन थालेपछि जलेश्वर नगपालिका वडा नं. २ का वडा अध्यक्ष वरुण दहालको नेतृत्वमा सोमबार दिउँसो स्थानीयहरु सडक जाम गरेर आन्दोलित भएका हुन। 

भिटामोड जलेश्वर जनकपुर सडक खण्ड अन्तर्गत पर्ने जलेश्वर नगरपालिका २ स्थित पासवान टोल अगाडि वडाध्यक्ष दहालको नेतृत्वमा दिउँसो २ बजेदेखि अनिश्चितकालिन चक्का जाम गरेका छन्। सडक जाम भएपछि सो सडक खण्ड भएर चल्ने यात्रु बाहक सवारी सधान ठप्प हुन पुगेका थिए। यात्रु बाटोमै अलपत्र परेका थिए।

ठेकेदार कम्पनीले निर्माणाधिन सो सडकमा दिनमा तिन पटक पानि छर्केर धुलो नियन्त्रण गर्ने सम्झौता भए पनि सम्झौतालाई लत्याउँदै विगत एक सातादेखि पानी छर्किने बन्द गरेपछि सडकमा उड्ने धुलोले सर्वसाधारण आजित भएपछि बाध्य भएर सडक आन्दोलनमा उत्रनु परेको वडाध्यक्ष दहालले बताए। 

ठेकेदारले धुलोको समस्या समाधानका लागि पानी छर्कने कार्य शुरु नगरेसम्म सर्वसधारणलाई सडकमा उतारेर आन्दोलन जारी राख्ने उनले चेतावनी दिए।

निर्माणाधिन भिटामोड जलेश्वर जनकपुर सडक खण्डमा ठेकेदारको ढिलासुस्तीकै कारण माटो र ग्राभेलकै काममा निर्माण अवधि सकिन लागेको छ। निर्माण अवधि सकिन अब करिब ४ महिना मात्र बाँकी रहे पनि अहिलेसम्म उक्त सडक खण्डमा माटो र ग्राभेलकै काम पूर्णरुपमा हुन नसकेपछि सडकमा उड्ने धुलोले सर्वसाधारण समस्या भोग्न बाध्य छन्। 

२०७३ भदौ २३ मा नेपाल सरकार ठेकेदार कम्पनी  प्रतिभा वा.पी.जे.भी. तथा अशिष पप्पू रोशन जे भी गरी दुई वटा कन्सट्रक्सन कम्पनीले ३६ महिनाभित्रै निर्माण कार्य पुरा गर्ने भन्दै काम शुरु गरेको थियो।

नेपाल सरकारले १८.५६ किमिको उक्त सडक दुई प्याकेजमा निमार्ण गर्ने र त्यसका लागि प्योकज नम्बर १ अन्तर्गत जिरोमाइल देखि ९ किलामिटर सडक श्री प्रतिभा वाई पि जे.भीलाई ४३ करोड ५४ लाख ७२ हजार आठ सय चौहत्तर रुपैंया भ्याट सहितमा ठेक्का सम्झौता गरेको र प्योकज नम्वर २ मा ९ किलोमिटरदेखि १८.५६ किलोमिटर सम्म श्री आशिष पप्पु रोशन जेभीलाई ४९ करोड ८९ लाख २० हजार ७ सय ७ रुपैया भ्याटसहित बजेट निकासा भई ठेक्का सम्झौता गरेको थियो। उक्त सडकको ठेक्का अवधि ३ वर्ष रहेको र सडक २३ मिटर चौडा चार लेनको कालोपत्रे सडक निर्माण हुने जनाइएको छ।

पहिलो प्याकेजमा शहरी क्षेत्रमा ६ लेन सडक निर्माण गरिने भए पनि दोस्रो प्याकेजको शहरी क्षेत्रमा भने चार लेन सडक मात्र निर्माण भइरहेको छ। 

निर्माणाधिन उक्त सडक डिविएसटी डिजाईनमा निर्माण कार्य सम्पन्न हुने जनाइएको छ। सडकमा २० सेन्टी मिटर मोटाई भएको पिच निर्माण गर्ने डिजाइनमा काम हुने छ। निर्माण कार्य शुरु भएको ३२ महिना बितिसकेको छ। 

प्रकाशित: ३० वैशाख २०७६ १६:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App