coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

अक्षयकुमारको नागरिकता विवादमा, बचाउमा बलिउडकर्मी

मुम्बई– बलिउड अभिनेता अक्षय कुमारको नागरिकता विवादमा परेको छ। भारतमा लोकसभा निर्वाचन भइरहँदा प्रधानमन्त्री नरेन्द्र मोदीको गैरराजनीतिक अन्तर्वार्ता लिएर चर्चामा रहेका तथा भारतको वीर एप्लीकेशन आइडियाका संस्थापकसमेत रहेका अक्षयको नागरिकतामाथि प्रश्न उठेको हो। आफूसँग भारतीय नागरिकता नरहेको बेला देशभक्ति जगाउने फिल्म खेल्ने र मोदीको अन्तर्वार्ता लिएर भारतीयको भावनामाथि खेलवाड गरेको आरोप समेत उनीमाथि लागेको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार चुनावकै बेला अक्षयको नागरिकतामा प्रश्न उठेपछि बलिउडका कलाकार भने बचाउमा उत्रिएका छन्। यो प्रकरणमा रोहित शेट्टी, अनुपम खेर लगायत धेरै कलाकार अक्षयको पक्षमा उत्रिएका छन्।

के हो अक्षयको नागरिकता विवाद?

लोकसभा निर्वाचनअन्तर्गत चौथो चरणको मतदानका क्रममा धेरै कलाकारले मुम्बईमा मतदान गरे। तर, अक्षयकुमार देखिएनन्। त्यसपछि केही सञ्चारमाध्यमले उनको नागरिकमाथि प्रश्न उठाउन सुरु गरेका थिए। यद्यपि अक्षयले अहिलेसम्म कुनै जवाफ दिएका छैनन्। यो बीचमा सामाजिक सञ्जालमा समेत उनको नागरिकतामाथि प्रश्न उठिरहेको छ। चौतर्फी प्रश्न उठेपछि अक्षयले एक वक्तव्य जारी गर्दै आफूसँग क्यानडाको पासपोर्ट रहेको तर ७ वर्षयता क्यानडा नगएको स्पष्ट पारेका छन्। तर, नागरिकता विवादमा भने कुनै धारणा सार्वजनिक गरेका छैनन्। 

प्रकाशित: ३० वैशाख २०७६ १४:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App