७ वैशाख २०८१ शुक्रबार
समाज

चिर्पट प्रहार गरी आमाको हत्या

दमक- घरायसी झगडा हुँदा झापा, पृथ्वीनगरमा आज बिहान ३ बजेतिर छोराले आफ्नै आमाको हत्या गरेका छन् ।  पृथ्वीनगर गाविस–२ बस्ने देशु भनिने २४ वर्षीय देशराज तामाङले ४५ वर्षीया आमा तारादेवीको चिपर्ट प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

चिपर्टले टाउकोमा प्रहार गर्दा घटनास्थलमानै आमा तारादेवीको ज्यान गएको थियो ।   हत्यामा संलग्न देशराजलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको झापाका प्रहरी प्रवक्ता डिएसपी हरिराज शर्माले जानकारी दिए।घटनाका सम्बन्धमा देशराजले आमाको रिसइवीका कारण मारेको स्वीकारेका प्रहरीले जनाएको छ । रासस

प्रकाशित: १३ असार २०७३ ०४:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App