८ वैशाख २०८१ शनिबार
अन्य

समर आउटफिट कलेक्सन

समर सिजन र फेसन परिपूरकजस्तै मानिन्छ। यो सिजनमा हरेक उमेर समूहका व्यक्ति आफूलाई युनिक देखाउने पहिरन लगाउने गर्छन्। यो क्रेज विशेष गरी टिनएजर्समा बढी रहेको व्यापारी बताउँछन्।

हरेकले आफ्नै तरिकाले फेसन फलो गर्छन्। ठाउँ अनुसार पनि फेसन फरक हुन सक्छ। यो सिजनमा ओभर साइज लुगा चलेको ड्रेस डिजाइनर बताउँछन्।

पाटनढोकास्थित कासा बुटिककी सञ्चालिका रमिला नेमकुल नाइन्टिजको आउटफिट निकै चलेको बताउँछिन्। उनी भन्छिन्, ‘समरमा विशेष गरी कलरफूल फ्लोरल प्रिन्ट, चेक प्रिन्ट र प्लेन लाइट कलरका कपडाका डिजाइनको चल्ती छ।’  समय परिवर्तनसँगै फेसनको बुझाईमा परिवर्तन आएको उनी अनुभव सुनाउँछिन्। ठाउँ अनुसार लुगा लगाउनुपर्ने भएपछि, फेसनप्रतिको सेन्स बढेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘फेसन सधैं नै रिसाइकल भएर आउँछ। पुरानो कलेक्सनमा केही फेरबदल गरेपछि नै नयाँ फेसन बन्ने हो।’ हरेक १० वर्षको फरकमा फेसन रिसाइकल हुने उनको भनाई छ। समय परिवर्तनसँगै फेसनले कब्जा गरेको यो समयमा नाइन्टिजको बिग साइज फेसन चलेको उनी बताउँछिन्। ‘खासगरी सिक्टिन्थ, एट्टिन्थ, नाइन्टिन्थका फेसन नै रिसाइकल भएर आएको छ, यही फेसन टिनएजको मनपर्ने फेसन भएको छ,’ उनले भनिन्।

समय अनुसार फेसन फलो गर्नेको जमात ह्वात्तै बढेको देख्न सकिन्छ। बजारमा समरका लागि विभिन्न समरका कलरफुल ड्रेसले भरिभराउ देख्न सकिन्छ।

न्युरोडस्थित पुनम वेयरमा विभिन्न डिजाइनका समर कलेक्सनलाई डमीमा सजाएर राखिएको छ। विभिन्न डिजाइनका फ्लोरल डिजाइनका लुगाको माघ धेरै रहेको सञ्चालक जय शाह बताउँछन्। उनी भन्छन्, ‘खुला खालका पाइन्ट, टप्स, फ्लोलरमा क्रप्ट टिसर्ट निकै चलेको छ।’ समर कलरका टिसर्ट, प्लाजो, वान पिस, स्कर्ट, सर्ट, हाफ पाइन्ट चलेको आउटफिट रहेको उनी बताउँछन्।

चल्तीका आउटफिटहरू
चल्तीका समर कलेक्सनले सहरका मल, पसल, फुटपाथ भरिभराउ छन्। फेसन फ्लो गर्नेका लागि समरको आउटफिट रोज्न भ्याइनभ्याइ छ। बजारमा चलेको नयाँ ट्रेन्डलाई ग्राहकसामु पस्कन व्यापारी व्यस्त छन्।

क्रब्ड टिसर्टः क्रब्ड टिसर्ट, बेली पाइन्ट अर्थात् ओभर साइज जिन्समा चलेको छ। विशेष गरी कटनको प्लेन टिसर्ट र चेक डिजाइनमा लगाएको पाइन्छ। चेक कपडाको डिजाइन, फ्लोर र प्लेन डिजाइनका क्रब्ड टिसर्टको ट्रेन्ड चलेको छ। अप सोल्डर, नि कटमा विशेष चलेको देख्न सकिन्छ। हाइवेस्ट र प्यारालाल, बटम जिन्स, प्लाजो लगायतका आउटफिटमा सुहाउँछ। प्रायः रोयल ब्लु, मरुन, ब्ल्याक, ग्रे लगायत रंगका पाइन्टमा क्रब्ड टिसर्ट लगाउने चलन छ।

समर फुटवेयरः समरमा विशेष फ्ल्याट लगाउनेको संख्या धेरै छ। हरेक आउटफिटका लागि सहज हुने फुटवेयर हरेकको रोजाइमा परेको छ। तुना बान्ने खालका फ्ल्याटस्देखि कन्भर्स धेरैको रोजाइमा परेको पाइन्छ। विशेषगरी सेतो रंगको क्लोज सुज टिनएजको रोजाइमा परेको देख्न सकिन्छ। समरको लागि विभिन्न डिजाइनका फुटवेयर बजारमा देख्न सकिन्छ।

वान पिस ड्रेसः समरमा प्रायः महिलाको रोजाइमा पर्छ, वान पिस ड्रेस। लङ, क्वाटर र सर्ट गरी तीन डिजाइनका वान पिस लगाउने गरेको देख्न सकिन्छ। डट, फ्लनेरल, चेक लगायतका कपडाका डिजाइन निकै चलेको पाइन्छ। फ्ल्याट चप्पल र वान पिस समरको लागि निकै रुचाइएको आउटफिट हो। वान पिसमा सिल्क, कटन, सिफोन, फेब्रिक लगायतका मेटरियलको प्रयोग गरी तयार पारिएका वान पिसको निकै डिमान्ड रहेको पाइन्छ। ब्ल्याक, ब्लु, ग्रे, ह्वाइट, मरुन लगायतका रङ चल्तीको देख्न सकिन्छ। वानपिसमा लङ स्लिभ, स्लिभलेस, अपसोल्डर  र -यापर डिजाइनमा निकै चलेको छ।

-यापर टिसर्टः फेसनका पारखीका लागि -यापर टिसर्ट निकै चलेको छ। सिल्क, फेब्रिक मेटरियलका -यापर टिसर्ट निकै चलेको छ। -यापर टिसर्टलाई हाइवेस्ट, प्लाजा, जिन्स, साइड फ्लोरल पाइन्टमा निकै सुहाउँदो देखिन्छ। ग्राहकले रोयल ग्रिन, रोयल ब्लु, डार्क, मरुन लगायतका कलरका आउटफिट खोज्न आउने गरेको व्यापारी बताउँछन्। -यापर टिसर्ट लगाउन सहज हुने र फेसनेबल पनि हुनाले बजारमा निकै चलेको छ। -यापर टिसर्टमा बेल, एन्जल, कप, किमोनो, बटरफ्लाई लगायतका स्लिभको निकै फेसन चलेको पाइन्छ।

लङ चेकसर्टः चेक सर्ट सदाबहार फेसनेबल आउटफिट हो। शरीरमा टपक्क मिल्ने खालको चेक सर्टभन्दा लङ चेक सर्ट निकै चल्तीमा रहेको पाइन्छ। विशेष हाफ पाइन्ट, हट पाइन्टसँग लगाउँदा सुहाउने भएकाले धेरैको रोजाइमा परेको छ। लङ चेक सर्टलाई वानपिसको रूपमा मात्र नभएर लेगिञ्जसँग पनि लगाएको पाइन्छ। डार्क ग्रिन, ब्लु र रातो रङको चेक सर्ट निकै चल्तीमा रहेको पाइन्छ। लेखर बुटसँग लङ चेक सर्टको कम्बिनेसन मिल्ने भएकाले समरमा यो आउटफिट निकै चल्तीमा रहेको पाइन्छ। 

साइड ब्यागः समर सिजनमा ह्याब्बी ब्याग बोक्दा फेसनेबल मानिन्न। समरको लागि हलुका आउटफिटसँग सानो ब्याग सुहाउने भएकाले सानो साइड ब्यागको निकै चल्ती छ। कोरियन ब्यागका कलेक्सन समरको लागि निकै उपयोगी भएको पाइन्छ। सामान्य वालेट, मोबाइल र केही स–साना सामान राख्न मिल्ने खालका साना साइड ब्याग अधिकांश युवतीको रोजाइमा रहेको देख्न सकिन्छ।

स्कार्फः स्कार्फ, समरका लागि निकै उपयोगी आउटफिट हो। समरमा धेरैको प्रयोग गर्नेे आउटफिटमा स्कार्फ पर्छ। धुलोधुवाँ, घामबाट बचाउने मात्र नभएर फेसनको लागि पनी स्कार्फ लगाउने चलन छ। ड्रेस अनुसार म्याच गरी विशेष समरको लागि कलरफुल र हलुका खालको स्कार्फ लगाउने ट्रेन्ड छ। समर कलेक्सनको लागि थरीथरीका कलरफूल र फ्लोरल बुट्टाको डिजाइन भएका स्कार्फ देख्न सकिन्छ। समरको आउटफिटका लागि स्कार्फ निकै उपयोगी रहेको पाइन्छ।

सन ग्लासः फेसने फलो गर्नेका लागि चस्माबिना समर आउटफिट पूरा भएको मानिँदैन। समयमा सन ग्लास लगाउँदा आउटफिटमा प्लस प्वाइन्ट हुने भएकाले धेरैले सनग्लास प्रयोग गरेको पाइन्छ। आकर्षक व्यक्तित्वका लागि सनग्लासलाई बेसिक आउटफिट मान्नेको जमात बढ्दो देखिन्छ। अनुहारको बनावट र रङ अनुसारको सन ग्लास पहिचान गरी लगाउन सके आउटफिट कम्प्लिट हुने भएकाले सनग्लास लगाएको पाइन्छ। समरमा कुल र युनिक आउटफिटका लागि सनग्लास आवश्यक रहेको देखिन्छ।

प्रकाशित: ३० वैशाख २०७६ ११:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App