नेप्सेमा छ अंककाे वृद्धि

सोमबार, ३० बैशाख २०७६, १७ : २९ नागरिक

काठमाडाैं- शेयर बजारमा आज कारोवार मापक नेप्से परिसूचक ६.३० बिन्दुले बढेर एक हजार ३०१.३४ मा पुगेको छ। ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.२१ बिन्दुले बढेर २७८.२४ कायम भएको छ।

कूल १६९ कम्पनीको २३ लाख ९२ हजार ४०३ कित्ता शेयर रु ७८ करोड ६४ लाख १२ हजार ८०८ खरीद बिक्री भए। नेपाल स्टक एक्सचेन्जका अनुसार कारोवार भएका १२ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर घटेको छ भने सात उपसमूहको शेयर बढेको छ। बैंकिङ ०.८२, होटल २०.६४, विकास बैंक ११.९४, जलविद्युत् ३५.४६, उत्पादन ५९.८१, अन्य १४.७३ र सामूहिक लगानी कोष ०.१ अङ्कले बढेको छ। यस्तै व्यापार ५.४९, वित्त ०.४३, निर्जीवन बीमा २५.६५, लघुवित्त १.४६ र जीवन बीमा १३.०६ बिन्दुले घटेको छ।

कारोवारका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको प्रतिकित्ता रु ४९७ मूल्यमा रु ११ करोड ४६ लाख एक हजार ६४५ बराबरको कारोवार भयो। यस्तै प्राइम बैंकको प्रतिकित्ता रु ३७२ मा रु छ करोड २४ लाख ३० हजार ८७०, प्रिमियर इन्स्योरेन्स कम्पनीको रु तीन करोड ७८ लाख ४४ हजार ४५, नेपाल बैंक लिमिटेड रु तीन करोड ७५ लाख ८१७, सिभिल बैंक रु दुई करोड ९२ लाख ७९ हजार ४९७ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे।

लगातार उकालो लाग्दै आएको शिवम् सिमेन्टको शेयर आज पनि रु ४५ ले वृद्धि भई प्रतिकित्ता रु ४९७ मा पुगेको छ। सो कम्पनीको शेयरधनीले ९.९६ प्रतिशत कमाए। यस्तै हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी ९.५९, किसान माइक्रोफाइनान्स वित्तीय संस्था ७.७९, कर्पोरेट डेभलपमेन्ट बैंक ७.६९, कन्काइ लघुवित्त वित्तीय संस्था ७.३२, भागर्व विकास बैंकका शेयरधनीले ६.९८ प्रतिशतले कमाए।

त्यस्तै हिमालयन डिस्टिलरीका शेयरधनीले ६.०७ प्रतिशतले गुमाए। युनाइटेड मोदी हाइड्रोपावर ५.६९, जोशी हाइड्रोपावर ४.७६, विशाल बजार कम्पनी ३.८८, सगरमाथा इन्स्योरेन्स ३.६०, प्रिमियर इन्स्योरेन्सका शेयरधनीले ३.१२ प्रतिशतले गुमाए।








यसमा तपाईको मत

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad