बैंकक–गुगलले थाई राजदरबारको मानहानी गर्ने सामाग्री गुगल खोजीबाट हटाउने प्रस्तावमा सहमति जनाएको छ । थाइल्याण्डका उपप्रधानमन्त्री प्राजिन जुन्तोङले इन्टरनेट कम्पनी गुगल र गुगलको सहायक संस्था युट्युबमा खोजी गर्दा भेटिने ‘आपत्तिजनक’ सामाग्री हटाउने बारेमा शुक्रबार भएको वार्तामा गुगलका प्रतिनिधि त्यस्ता समाग्री हटाउन तयार भएको बताएका छन् ।
राजद्रोहसम्बन्धी संसारकै सबैभन्दा कडा कानुनमध्ये एक भएको थाइल्याण्डमा राजा पुमिपोन अदुन्यादेतको निधनको शोकबाट गुज्रिरहेको छ । १३ अक्टोबरमा राजा पुमिपोनको निधन भएदेखि राजतन्त्रका लागि आपत्तिजनक १०० भन्दा बढी सामाग्री गुगलमा पाइएको जुनतोङले बताएका छन् । गुगलले प्रत्येक त्यस्तो सामाग्रीलाई मूल्यांकन गरेर थाइल्याण्डभित्र त्यस्तो सामाग्रीको पहुँच सीमित गर्ने बताएको छ ।
गुगलले सामाग्री हटाउनका लागि आफूले प्रयोग गर्दै आएका नीतिहरु अपनाउने बताएको छ । अनधिकृत सामाग्रीका बारेमा आधिकारिक तवरबाट सूचना पाएपछि त्यस्तो सामाग्रीको मूल्यांकन गरेर जुन देशमा निषेधित छ त्यहाँबाट हटाउने गुगलले बताएको छ ।
गुगलले समय समयमा ’पारदर्शिता प्रतिवेदन’ भन्दै सामाग्री हटाउने त्यस्तो अनुरोधका बारेमा जानकारी सार्वजनिक गर्ने गरेको छ । सन् २०१५ को जुलाई र डिसेम्बर महिनाबीच उसले थाई सरकारबाट ३३ वटा त्यस्ता अनुरोधहरु प्राप्त गरेको थियो । ती अनुरोधमा १,५६६ सामग्रीको उल्लेख गरिएको र ती मध्ये ९७ प्रतिशतले सरकारको आलोचना गरेको भनिएको बताइएको थियो ।
सरकारका अनुरोधमध्ये ८५ प्रतिशत मानेको र करिब १,३०० सय सामाग्री हटाइएको गुगलले बताएको छ । तर थाइल्याण्डभित्र कतिवटा सामाग्रीको पहुँच सीमित गरियो र कतिवटा हटाइयो भन्ने बारेमा उसले पूर्ण विवरण भने प्रकाशित गरेन ।
थाइल्याण्डको आपराधिक संहिताको धारा ११२ ले राजा रानी युवराज वा नायबको मानहानी गर्ने वा अपमान गर्ने मानिसलाई १५ वर्षको जेल सजाय दिइने उल्लेख गरेको छ ।
सन् १९०८ मा थाईल्याण्डको पहिलो आपराधिक संहिता बनेयता यो नियम यथावत छ र सन् १९७६ मा सजाय अझ कडा बनाइएको थियो । तर राजतन्त्रको अपमान भनेको केहो भनेर स्पष्ट रुपमा बताइएको छैन । गुनासो जसले पनि गर्न मिल्छ र प्रहरीले अनिवार्य त्यसमानि अनुसन्धान गर्नुपर्छ । गल्ती दोहोरिन सक्ने आशंकाका कारण आरोपका विवरण सार्वजनिक गरिंदैनन् ।
अन्य अटो शो भन्दा भिन्न हुने र महिन्द्रा मोविलिटी सोलुसनको पूरा रेन्जको प्रदर्शनी हुने ...
सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...
स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...
रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...
सन् २०११ को जुनमा फेसबुक र ट्वीटरलाई टक्कर दिनका लागि गुगलले गुगल प्लस लन्च गरेको थियो ...
यसमा तपाईको मत