सपनाको सहर

‘काठमाडौंलाई शिक्षाको ‘हब’ बनाउन सकिन्छ’

सोमबार, ३० बैशाख २०७६, १७ : ०१ नागरिक

तपाइँको बुझाईमा सहर भनेको के हो?
सहर सम्भावनाको खोजी गर्ने थलो हो। हरेक मानिस आफूलाई रूपान्तरण गर्न र सभ्य बनाउन विकसित ठाउँ खोज्दै सहर पसेका हुन्छन्। सहरमा हरेक सुविधा र अवसर पाइन्छन्। त्यहाँ जनघनत्व बढी हुुन्छ र सहरी बस्तीको आकार पनि खदिँलो हुन्छ। सहरको प्रशासनले हरेक विकास निर्माणका कामलाई चुस्त गतिमा सञ्चालन गरेको हुन्छ। सहरमा रैथाने संस्कति र मौलिकता पनि सजाएर राखिएको हुन्छ।

घुमेकामध्ये मनपरेको सहर कुन हो?
मैले नेपालबाहिर केही देशका सहर घुमेँ। त्यसमध्ये मलाई सिड्नी  मनप-यो। त्यो सहर हेर्दै मनमोहक र हराभरा पारिएको छ। बाटोघाटो, सरसफाइ, नीति नियमको हिसाबले यी देशका सहर अग्रपंतिमा छन्। त्यहाँका मानिस नीति नियम र कर्मले चलेका हुन्छन्। नेपालमा कर्म मात्रै गरेर पुग्दैन, यहाँ केही गर्न राजनीतिक आड र शक्ति चाहिन्छ।

नेपालभित्र मनपर्ने सहर ?
रमणीय हिसावमा पोखरा सहर धेरै नै प्रिय लाग्छ। यो सहर निकै मनमोहक छ। यहाँबाट भनेजस्ता दृश्य नियाल्न पाइन्छ। पोखराको विशेषता भनेकै फेवाताल, हिमाल र गुफा नै हो। यहाँका सहरमा पाइने विशेषता अन्त पाइन्न। यहाँको प्राकृतिक सौन्दर्यता कतै भेटिन्न। अर्को कुरा, पोखरा सहर नजिकै गाउँ भेटिन्छन्। ती गाउँको विशेषता र मौलिकता अति नै मनपर्छ।

काठमाडौं कस्तो लाग्छ ?
अवसर र सभ्यताको हिसाबमा काठमाडौं राम्रो लाग्छ। यो पौराणिक सहर हो। यहाँको अन्य विशेषता आफ्नै किसिमको छ। तर,  विकास निर्माण भद्रगोल रूपमा गरिँदा उपत्यका साच्चै नै दिक्कलाग्दो भएको छ। सबैतिर प्रदूषण र धुवाँ–धुलो मात्रै फैलिएको छ। आनन्दको अनुभव गर्ने ठाउँ अभाव हुन थालेको छ। काठमाडौंलाई यति अस्तव्यस्त बनाएको हामीले नै हो। यो सहर नेपालको धरोहर हो। यहाँ हाम्रो पुरानो मौलिकपनादेखि कलाकृति भेटिन्न। तर, मानवीय रूपमा हुनुपर्ने काम भएनन्।

बाहिर मुलुकका सहर कतिको घुम्नुभएको छ ?
मैले धेरै देशका सहर घुमेको छु। अमेरिका, अस्ट्रेलिया, मलेसिया, थाइल्याण्ड, भारतलगायत धेरै देशका सहर पुगेको छु। 

बाहिरी मुलुकका सहर घुम्न पाउँदा कस्तो अनुभूति भयोे ?
त्यहाँका सहर घुम्दा मानव सभ्यानताको पराकाष्टा त्यहीँ रहेछ भन्ने थाहा पाएँ। यद्यपि ऐतिहासिक हिसाबमा काठमाडौं नै मलाई राम्रो लाग्छ। तर, यहाँ मानवले मानवलाई गर्ने व्यवहार ठिक छैन। त्यहाँ सम्मान खासै छैन। तर, विदेशी धेरै मेहनेती रहेछन्। मरुभूमिमा पनि फूल फुलेका छन्। संसारकै नमुना भवन निर्माण भएका छन्। तर, हामी प्रकृतिले नै यति धेरै सम्भावना दिँदादिँदै पनि पछि परेका छौं। यसको मुख्य कारण हो, हामीले सहरलाई चिन्न नसक्नु।

काठमाडौं बिग्रनुको कारण के होला?
यहाँ नीति नियम भएन। सहरवासीलाई आचारसंहिता सिकाइएन। उनीहरू पनि आफै नियममा बाँधिन खोजेनन्। सहरमा जे गरे पनि हुन्छ भन्ने सोच आम मानिसमा छ। २० वर्षअघि र अहिलेको नेपाली समाज निकै भड्किँदो छ।

विदेश र नेपालका सहरबीच के भिन्नता पाउनुभयो?
विदेशका सहर नीति नियमले चलेका छन्। केही गर्न चाहने नागरिकलाई त्यहाँको सरकारले सहयोग र प्रविधिले सहयोग गर्छ। हामीकहाँ नीति नियमभन्दा बढी राजनीतिक पावर चाहिन्छ। हरेक ठाउँमा चिनजान चल्छ। जसले गर्दा नियम मिचिएको छ र राम्रा मान्छेले पनि अवसर पाएका छैनन्। फरक पक्षलाई दाज्दा बाहिरी मुलुकका सहर नेपालका सहरभन्दा धेरै नै फरक छन्। त्यहाँका सहर प्रविधिमैत्री छ। विदेशी मुलुकका सहरमा कतै फोहर भेटिन्न। हरेक कुरा व्यवस्थित लाग्छ।
हाम्रो देशका सहर प्राकृतिक र ऐतिहासिकरूपमा धेरै नै अघि छन्। यहाँका ऐतिहासिक धरोहर र सांस्कृतिक सम्पदाहरूले आज विश्वको ध्यान तानेको छ। विश्वमै नभएका हरियाली डाँडाकाँडा नेपालमै छन्। यहाँका प्रत्येक ठाउँहरू नेचुरल छन्।

हाम्रा सहर विकास हुन नसक्नुको कारण के देख्नुहुन्छ ?
हामीकहाँ सरकारी नियम भएन। सहरवासीमा पनि नैतिक शिक्षा भएन। कसरी एक–अर्कालाई दुःख दिउँ भन्ने भावना सहरवासीमा छ। विदेशी मुलकमा सरकारको नीति नियम कडा छ। त्यहाँको सरकारले सबैतिर चुस्त÷दुरुस्त पारेको छ। सहरमा कसैले फोहर गर्न पाउँदैनन्। आफ्नो फोहर आफैले व्यवस्थापन गर्नुपर्छ। त्यहाँ सहरवासीले सबैखाले सेवा सुविधा उपभोग गर्न पाएका हुन्छन्। रातारात विकास निर्माणका काम हुन्छन्। कतै भत्किएको र बिग्रेको देखिन्न। हाम्रा सहर विकासको हिसाबमा धेरै नै पछि छन्। हाम्रोमा नीति भयो। तर, नेतृत्व भएन। राजनीतिक अस्थिरताकै कारण आज नेपाल बिग्रिएको हो, यति धेरै भद्रगोल भएको हो।

नेपालका सहर अन्य मुलुकका जस्तै बन्न सक्दैनन् ?
मुख्य कुरा हाम्रो बानी तथा व्यवहारमा परितर्वन हुनुपर्छ। सहर बनाउन एक–अर्कामा मितव्ययी भावना जागृत हुनुपर्छ। अर्को कुरा, हाम्रो देशका नेता सबै विदेश घुमेका छन्। तर, त्यसको परिपालना यहाँ गरेको देखिन्न। उनीहरू विदेशका देश घुमेँ भनेर बयान मात्रै गरेको देखिन्छ। आफ्ना सहर पनि यस्तै किसिमले व्यवस्थित पार्छु भन्ने सोच र सक्रियता सहरवासीमा छैन। यदि बनाउने हो भने नेपालका सहर संसारका धेरै मुलुकका सहरभन्दा उत्कृष्ट बन्न सक्छन्। तर, समय लाग्छ। तीव्र रूपमा सहरको विकासतर्फ लाग्ने हो भने नेपालका सहर केही वर्षमै अरु देशका सहरजस्तै सुन्दर बन्न सक्छन्। हाम्रो र अरु देशको प्राकृतिक भिन्नता बेग्लै छ। हामीलाई प्रकृतिले धेरै नै सुन्दर बनाएको छ । मौलिकताको हिसाबमा नेपालका सहर अति नै पृथक छन्। मात्र हाम्रो सरकारी नीति नियम र विकासको गति फितलो भएको हो।

तपाईं लामो समयदेखि शिक्षा क्षेत्रमा संलग्न हुनुहुन्छ, नेपालको पछिल्लो सहरी शिक्षा प्रणालीलाई कसरी व्याख्या गर्नुहुन्छ ?
विदेशका अन्य मुलुक हेरिकन हामीकहाँ सहरी शिक्षा प्रणाली सहज छैन। यहाँको शिक्षाले तल्लो तहसम्मलाई समेटेको छैन। सहरी शिक्षा प्रणाली अलि महँगो पनि छ। हामीले सहरी शिक्षा प्रणालीलाई सहज र व्यवस्थित बनाएर अघि बढ्ने हो भने काठमाडौं नेपालकै शिक्षाको ‘हब’ बन्न सक्छ। अहिले चीन, भुटान र भारतका विद्यार्थी युरोपका देशमा पढ्न गइरहेका छन्। नेपालको शिक्षा प्रणाली सही हुन्थ्यो भने उनीहरू नेपालमै तानिन सक्थे। अर्को कुरा, सरकारले कुनै कडा नीति बनाएर शिक्षा क्षेत्रलाई बलियो बनाउने आधार अपनायो भने पनि सहरी शिक्षा प्रणाली सुध्रन सक्छ। यहाँ विश्वविद्यालय शिक्षा र अन्य भाषाका कक्षा पनि सञ्चालन गर्न सकिन्छ। हरेक भाषा सिक्न यही सहरमा तान्न सकिन्छ।

उपत्यकाको मनपर्ने पक्ष के हो ?
यहाँ सम्भावना धेरै छ। प्रकृतिले पनि अथाह सम्भावना दिएको छ। वातावरण सुन्दर छ। अति गर्मी र अति जाडो पनि छैन। उपत्यका मात्रै होइन, नेपालका हरेक सहर प्राकृतिक छन्। उपत्यका ठाउँ ऐतिहासिक सम्पदा र मठ–मन्दिरले सजिएको छ। यहाँ पुरानो नेपालको मौलिकता बोकेका ऐतिहासिक सम्पदा छन्। तर, तिनको उचित संरक्षण भएको छैन।

मननपर्ने पक्ष ?
सहरमा नीति नियम छैन। जताततै फोहर छ। धुवाँधुलो छ। ट्राफिक जाम, भीडभाड, सडकछेउमा लत्रिएका तार,  प्रदूषणजस्ता कारणले उपत्यकालाई कुरूप बनाएको छ। 

तपाईं कस्तो सहरको परिकल्पना गर्नुहुन्छ ?
सहरमा सबैखाले सुविधा होस्। बाटोमा निस्किएपछि आफ्नो गन्तव्यमा समयमै पुग्न पाइयोस्। सरकारी  कार्यालयमा जाँदा कुनै अल्झन व्यहोर्न नपरोस्। सहरी संरचना एकैनासे होस्। सहरका हरेक प्रशासनिक निकाय चुस्त दुरुस्त हौंन्। सडक फराकिलो होस्। सडक छेउछाउ सफा र हरियाली देखियोस्। यति भयो भने सहर सुन्दर हुन्छ।

सहरवासीको बानी कस्तो लाग्छ ?
आफ्नो कुरामा जिम्मेवार देखिए पनि सहरको पक्षमा सहरवासी जिम्मेवार छैनन्। सबैले आफ्नो मात्रै सोच्छन्। जिम्मेवार सहरवासी र जिम्मेवार सरकार भइदिएको भए आज सहरको हालत यस्तो हुने थिएन।

पछिल्लो समय घुमेको सहर कुन हो ?
मलेसियाको क्वालालाम्पुर।

मन भएर पनि घुम्न नपाएको सहर कुन हो ?
टोकियो जान मन लागेको छ। हेरौं, त्यहाँ पनि कुनै दिन पुगिएला।

सहरको मिठो लाग्ने खानेकुरा?
फलफूल मनपर्छ। तर, नेपालबाहिर जाँदा सि–फुड खान्छु।
प्रस्तुतिः शिवहरि घिमिरे

 







यसमा तपाईको मत


अन्य समाचार

ज्वेलरी एक्सपोको रौनक

ज्वेलरी एक्सपोको रौनक

नेपाली आभुषण तथा मौलिक हस्तकलालाई बिश्वसामु उजागर गरि अन्तर्रा्ष्ट्रिय क्षेत्रमा निर्यात तथा प्रवद्र्धन गर्नुका साथै राजश्व अभिवृद्धि गर्ने अभिप्रायका साथ...

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो इन्डिया प्रा.लि.ले अरभिन्द इम्पोरियम प्रा.लि.को सहकार्यमा आफ्ना विभिन्न उत्पादनहरुको नेपाली बजारमा सेवा बिस्तार गरेको छ । विश्वका १५० राष्ट्रमा...

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी केहि एन्ड्रोइड र आइफोनका एपहरू ...

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सुनधारा स्थित सिभिल ट्रेड सेन्टरमा रहेको सिटिसी मोबाइल हबमा जेठ ३ गते शुक्रबारदेखि मोबाइल एक्सचेन्ज मेला सुरु भएको छ ।...

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL)
संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL) संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् भारतको प्रतिष्ठित स्टील संगठन स्टील अथोरटी अफ् इण्डिया (SAIL)द्वारा एक कार्यक्रम बीच सम्मानित भएको छ । यही मे...

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

बैंकको पुँजीगत आधार सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्वेश्यका साथ् राष्ट्रीय स्तरको "ख" वर्गको ओम डेभलपमेन्ट बैंक लिमिटेड "क"...

स्मार्टफोन ब्याट्रीको प्रयोग आयु बढाउने तरिका

स्मार्टफोन ब्याट्रीको प्रयोग आयु बढाउने तरिका

स्मार्टफोनको ब्याट्रीलाई धेरै वर्षको प्रयोग पछि पनि राम्रो टिक्ने कसरी बनाउने ? ...

कम लागतमा बलियो घर कसरी बनाउने ?

कम लागतमा बलियो घर कसरी बनाउने ?

सस्तो भनेर अत्याधिक सस्तो खोज्यौं भने हामीले सोचे जस्तो बलियो घर बन्दैन । हामीले घरको नक्साको कुरादेखी घरको डिजाइन, घर...