जेठ पहिलो साता ट्राफिक बत्ती सञ्चालनमा आउने

सोमबार, ३० बैशाख २०७६, १६ : २६ नागरिक

राजधानीको आठ चोकमा जेठको पहिलो सातादेखि ट्राफिक लाइट सञ्चालनमा ल्याइने भएको छ। सिंहदरबार, पद्मोदय मोड, कालीमाटी, पुरानो बानेश्वर, तीनकुने, बागबजार, मित्रपार्क, गौशाला चोकमा अत्याधुनिक  ट्राफिक लाइट जडान अन्तिम चरणमा पुगेको सडक विभागले जनाएको छ।

प्रिजिल कन्स्ट्रक्सनका अनुुसार अहिले आठै वटै स्थानमा ट्राफिक लाइट जडान अन्तिम चरणमा पुगेको छ।

सडक विभागअन्तर्गत सडक सुरक्षा तथा ट्राफिक शाखाका प्रमुख दीप बाराहीले जेठ पहिलो सातादेखि आठ स्थानमा ट्राफिक लाइट सञ्चालनमा ल्याइने बताए। ‘आठ स्थानमा ट्राफिक लाइट जडान अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘आगामी जेठ पहिलो सातादेखि सञ्चालनमा ल्याइनेछ।’

प्रमुख बाराहीका अनुसार जडान गर्न लागिएको ट्राफिक लाइट नेपाली प्रविधिमा आधारित भएको बताए। ‘ट्राफिक बत्ती वायरलेस र रिमोट कन्ट्रोल प्रणालीमा आधारित छ, त्यसको कन्ट्रोल महानगरीय ट्राफिक प्रहरी महाशाखाको कन्ट्रोल रुटबाट मनिटरिङ र व्यवस्थापन गर्न सक्ने व्यवस्था छ,’ उनले भने, ‘रिमोट सिस्टमबाट सञ्चालन गरिनेछ।’

ट्राफिक लाइट जडान कार्यको सबकन्ट्राक्टर  यार्सा टेक्नोलोजीका सञ्चालक रामचन्द्र खड्काले आठै स्थानमा ट्राफिक लाइट जडान सम्पन्न भइसकेको दाबी गरे। ‘आठ चोकमा ट्राफिक लाइट जडान गरिसक्यौं। अहिले परीक्षण गरिरहेका छौं,’ उनले भने, ‘सम्भवतः जेठ १ गतेदेखि काठमाडौंको आठ स्थानमा १२ ट्राफिक लाइट सञ्चालनमा ल्याउनेछौं।’

गत चार महिनाअघि राजधानीको आठ ठाउँमा ट्राफिक लाइट जडान गर्ने ठेक्का प्रिजिल कन्स्ट्रक्सनले पाएको थियो। सडक विभाग र कन्स्ट्रक्सनबीच गत पुस १२ गते सम्झौता भएको थियो। उक्त सम्झौता अनुसार चार महिनामा जडान गर्नुपर्ने थियो। सोही अनुसार नै जडान कार्य अघि बढेको छ।

यार्सा टेक्नोलोजीका सञ्चालक खड्काले ट्राफिक लाइट जडान गरेसँगै राजधानीको जाममा कमी आउने बताए। ‘अत्याधुनिक प्रविधिमा आधारित ट्राफिक लाइट जडान गरेका छौं,’ उनले भने, ‘यो सञ्चालनमा आएसँगै धेरै हदसम्म जाम कम हुने अपेक्षा गरेका छौं।’

आठ चोकमा ट्राफिक बत्ती जडान गर्नका लागि भ्याटबाहेक ९७ लाख ५० हजार रूपैयाँमा ठेक्का लगाइएको हो।

प्रमुख बाराहीका अनुसार राष्ट्राध्यक्ष तथा सरकार प्रमुखलगायत भिभिआइपी सवारी हुँदा, एम्बुलेन्स, दमकललगायत अत्यावश्यक सवारीसाधन पास गराउन चोकमा बस्ने ट्राफिक प्रहरीका लागि रिमोट कन्ट्रोलबाट ट्राफिक बत्ती सञ्चालन गर्नसक्ने व्यवस्था मिलाइएको छ। ट्राफिक बत्ती पाँच वर्षसम्म सञ्चालन गर्न सकिने छ। ‘ट्राफिक बत्ती अटोमेटिक तथा रिमोट कन्ट्रोलबाट सञ्चालन गर्न सकिने बनाएका छौं,’ प्रमुख बाराहीले भने, ‘ट्राफिक लाइट बनेसँगै ट्राफिक जामको अन्त्य हुनेछ।’

पर्याप्त प्रविधि अभाव
सडक सुरक्षा तथा ट्राफिक शाखाका प्रमुख बाराहीका अनुसार नेपालमा ट्राफिक लाइटसम्बन्धी जानकार भएको दक्ष जनशक्ति अभाव भएको बताउँछन्। ‘नेपालमा आइटिएस जानेको इन्जिनियर भेट्टाउनै मुस्किल पर्छ, जसका कारणले ट्राफिक लाइट व्यवस्थापनमा विदेशी इन्जिनियर नै मगाउनुपर्ने बाध्यता छ,’ उनले भने, ‘ट्राफिक लाइटमा समस्या आइराख्ने गर्छ। त्यसैले दक्ष जनशक्ति ल्याउनेतर्फ ध्यान दिनुपर्ने हुन्छ।’ उनका अनुसार नेपालमा ट्राफिक लाइट व्यवस्थापनमा विदेशी इन्जिनियर हायर गर्नुपर्ने बाध्यता रहँदै आइरहेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जयराम सापकोटा उपत्यकाको मुख्य ३५ चोक र अन्य भित्री चोकमा समेत ट्राफिक बत्तीको आवश्यक भइसकेकको बताउँछन्। ‘अत्याधुनिक प्रविधिमार्फत् ट्राफिक व्यवस्थापन गर्नुपर्ने हो, हामीले भने ‘म्यानुअल’का रूपमा काम गरिरहेका छौं। म्यानुअलले गर्दा सबैतिर न्यायसंगत हुन सक्दैन,’ उनले भने, ‘ट्राफिक लाइट सिस्टमले चल्ने गर्छ। तर, म्यानुअल्ली गर्दा सबैतिर बराबर ढंगले गर्न सकिँदैन।’

उनका अनुसार पर्याप्त ट्राफिक लाइट नहुँदा थोरैले गर्नसक्ने काममा समेत धेरै जनशक्ति खटाउँदै आइरहेका छौं। काठमाडौं उपत्यकामा एक सय ३९ मुख्य तथा भित्री चोकमा ट्राफिक लाइट आवश्यकता पर्छ। ‘हामीले विभिन्न तीन चरणमा ट्राफिक लाइट व्यवस्थापन गर्न सरोकारवाला निकायलाई अनुरोध गरेका छौं,’ उनले भने, ‘पहिलो चरणमा ३५ स्थानमा तत्कालै ट्राफिक लाइट जडान गर्नुपर्ने आवश्यकता देखिन्छ।’

पहिलो चरणमा ३५ स्थानमा, दोस्रो चरणमा ३४ स्थान र तेस्रो चरणमा ७० स्थानमा ट्राफिक लाइट जडान गर्न अनुरोध गरेका छौं। हाल उपत्यकामा ट्राफिक व्यवस्थापनका लागि दैनिक १४ सय ट्राफिक प्रहरी खटिँदै आएका छन्।








यसमा तपाईको मत

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad