coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

दोलखा उद्योग वाणिज्य संघमा श्रेष्ठ

दोलखा– दोलखा उद्योग बाणिज्य संघको अध्यक्षमा इन्द्रबहादुर श्रेष्ठ निर्वाचित भएका छन्।

शनिबार सदरमुकाम चरिकोटमा सम्पन्न २२ औं साधारण सभा तथा अधिवेशनपछि सम्पन्न निर्वाचनबाट चरिकोट बजारका युवा व्यवसायी इन्द्रबहादुर श्रेष्ठ अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

उनले सुन्दर कार्कीलाई ३६ मतको अन्तरले हराएका थिए। खसेको ८ सय ५ मध्ये श्रेष्ठले ४ सय ३ मत ल्याए भने कार्कीेले ३ सय ६७ मतमा चित्त बुझाए। श्रेष्ठलाई कांग्रेस र कार्कीलाई सत्ता घटक नेकपाको साथ थियो। अघिल्लो कार्य समितिमा कार्की अध्यक्ष र श्रेष्ठ महासचिव थिए।

नव निर्वाचित अध्यक्ष श्रेष्ठ हार्डवेयर सहित, पेट्रोलपम्प, क्रसर लगायतका व्यवसायमा संलग्न छन्। उनी चरिकोटको व्यवसायिक घराना श्रेष्ठ ग्रुपका कान्छा सदस्य हुन्। निर्वाचित भएपछि श्रेष्ठले संघको संस्थागत विकास र दोलखा जिल्लाको विकास साथै समृद्धिका लागी काम गर्न निजी क्षेत्रको तर्फबाट अगुवाइ गर्ने प्रतिक्रिया दिए।

प्यानल नै बनाएर निर्वाचनमा होमिएका श्रेष्ठको प्यानलबाट बहुमत अर्थात १० जना सदस्य निर्वाचित भएका छन भने कार्कीको प्यानलबाट ६ जना सदस्य निर्वाचित भएका छन्। श्रेष्ठ प्यानलबाट दिनेश थापा, सनत थापा, गणेश विक्रम शाही, देवकृष्ण थापा, हेमराज रिमाल, बिमल श्रेष्ठ, अनिता श्रेष्ठ र नवराज रिजाल सदस्यमा निर्वाचित भए भने सोही प्यानलका कृष्णबहादुर श्रेष्ठ यस अघि नै एशोसियट सदस्यमा निर्विरोध भईसकेका छन्। कार्की प्यानलबाट दिनेश बस्नेत, बलराम थापा, श्यामकृष्ण कायस्थ, सुरेश उप्रेती, हिमाल न्यौपाने र दिनेश पाठक सदस्यमा निर्वाचित भए। १६ पदका लागी भएको निर्वाचनमा सदरमुकाम चरिकोट सहित, मैनापोखरी, सिंगटी र मागा देउराली लगायतका बजार क्षेत्रका व्यवसायीले मतदान गरेका थिए।

यसै बिच नव निर्वाचित कार्य समितिले सोमबार नै पदभार ग्रहण गरेको छ। निर्वाचन समितिका संयोजक सरोज उप्रेतीले निर्वाचित कार्य समितिलाई पद तथा गोपनियताको सपथ गराएका थिए। पदभार ग्रहण समारोहमा संघका पूर्व महासचिव पृथ्वीबहादुर श्रेष्ठले भुकम्पले क्षती ग्रस्त बनेको संघको भवन पुर्ननिर्माणका लागी ५१ हजार र सदस्यको हितका लागी खोलिएको आकस्मिक कोषमा ५१ हजार गरेर १ लाख २ हजार साथै पूर्व अध्यक्ष रामेश्वर मानन्धरले दुवै कामका लागी २५÷२५ हजार गरेर ५० हजार सहयोग गरे।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले संघका सदस्य र व्यवसायी दुर्घटना वा विपत्तीमा पर्दा र  व्यवसायमा आगलागी लगायत घटना हुँदा सहयोग वा उद्धार गर्न सदस्य आकस्मिक कोषमा आफ्नो कार्यकाल भरीमा ५० लाख रुपैंया रकम पु-याउने घोषण गरे। उनले चुनावी प्रतिबद्धतामा समेत उक्त कुरा उल्लेख गरेका थिए।

प्रकाशित: ३० वैशाख २०७६ ०९:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App