बाधा र अड्चन छिचोलेर पनि गण्डकी प्रदेश समृद्ध बनाउँछौंः मुख्यमन्त्री गुरुङ

सोमबार, ३० बैशाख २०७६, १४ : ३४ नागरिक

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केही बाधा र अड्चन देखिए पनि त्यसलाई छिचोलेर गण्डकी प्रदेशलाई समृद्ध बनाइ छाड्ने बताएका छन्। पोखरामा सोमबार आयोजना गरिएको एजेण्डाः समृद्धि सपना, प्रादेशिक विकास बहस कार्यक्रममा मुख्यमन्त्री गुरुङले उक्त कुरा बताएका हुन्।

संघीयताले दिएकोे अधिकारसमेत प्रदेशलाई दिन नखोज्ने रवैयाप्रति आपत्ति जनाउँदै उनले भने ‘प्रदेशको स्रोत साधनको उपभोग र सदुपयोग गर्ने अधिकार प्रदेशले पाउनुपर्छ।’

उनले भने ‘हामी काम गर्न खोजिरहेका छौँ, विभिन्न चुनौती देखिएका छन्। देखिएकोभन्दा नदेखिएका धेरै समस्याले अल्झाएको छ। विस्तारै अघि बढ्छाैं। ढुक्क हुनुहोस्। हाम्रो प्रदेश समृद्ध प्रदेश बन्छ।’ मुख्यमन्त्री गुरुङले प्रदेशको एक मात्र शालिग्राम उत्पादन गर्ने महत्वपूर्ण कालीगण्डकी नदीको  डाइभर्सन गरेर तल्लो तटीय क्षेत्र सुक्खा बनाउन नहुनेमा जोड दिए। उनले विकास र समृद्धिका लागि निजी क्षेत्रलगायत सम्पूर्णको साझेदारी आवश्यक रहने बताए।

गण्डकी प्रदेशका लेखा नियन्त्रणक जयराम पौडेलले प्रदेशको कूल रु २४ अर्ब दुई करोड बजेटमा चालू बजेट जम्मा रु आठ अर्ब ११ करोड र पूँजीगततर्फ रु १५ अर्ब ९१ करोड रहेको जानकारी दिए।

त्यसमध्ये चालू बजेटतर्फ रु दुई अर्ब ४५ करोड (३० प्रतिशत) र पूँजीगततर्फ रु दुई अर्ब ३४ करोड (१५ प्रतिशत) खर्च भएको भएको जानकारी दिए। आर्थिक वर्ष २०७५/७६ देखि वैशाख २५ गतेसम्म कूल रु चार अर्ब ७९ करोड (२० प्रतिशत) मात्रै बजेट खर्च भएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले लगानीका क्षेत्रमा देखिएका चुनौती नहटेसम्म समृद्धि कल्पना गर्न नसकिने बताए। गण्डकी प्रदेशसभा सदस्य बिन्दुकुमार थापाले सङ्घीयताको भावनाअनुरुप सङ्घ, प्रदेश र स्थानीय सरकारबीचको समन्वय अभावले विकासका कार्ययोजना प्रभावकारी हुन नसकेको उनको भनाइ थियो। रासस





यसमा तपाईको मत

अन्य समाचार

साधनाको एकीकृत कारोबार सुरु

साधनाको एकीकृत कारोबार सुरु

साधना लघुवित्त वित्तिय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्त गरी साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार प्रारम्भ गरेको...

बजार खुल्दा किन्नेको भिड

बजार खुल्दा किन्नेको भिड

साताको दुई दिन लगातार बढेको नेप्से परिसूचक तेस्रो दिन मंगलबार पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार...

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसी फाइनान्स र ब्लुक्रस हस्पिटलको संयुक्त आयोजनामा विविध कार्यक्रम सञ्चालन भएको छ । ...

देवःको एकीकृत कारोबार सुरु

देवःको एकीकृत कारोबार सुरु

देवः विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंक प्राप्त गरी एकीकृत कारोबार प्रारम्भ गरेको छ । ...

पानीमा कोकको सहयोग

पानीमा कोकको सहयोग

स्मार्ट पानी कम्पनीले बोर्टलस नेपालको सहयोगमा वर्षात्मा परेको पानी जम्मा गर्ने प्रणाली र जमिनमुनिको पानी रिचार्ज गर्ने प्रविधि कान्ति बाल...

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा रिंगटोन बनाउनका लागि केही साना तर झन्झटिला कार्यहरू गर्नु पर्ने हुन्छ | यस लेखबाट आइफोनमा आफूलाई मन लागेको गीतलाई...

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैन्डले ‘मेगा मनसुन फ्री चेकअप क्याम्प’ सञ्चालनमा ल्याएको छ । ...

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा जेबिल्स फाइनान्स लि. प्राप्ती

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा जेबिल्स फाइनान्स लि. प्राप्ती

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (NIBL)ले जेबिल्स फाइनान्स लिमिटेडको सफल प्राप्ति पश्चात आफ्नो संयुक्त कारोबार प्रारम्भ गरेको छ। ...

Ncell Footer Ad