बुद्ध जयन्ती

लण्डनमा बुद्ध जयन्ती मनाइयो (फोटो फिचर)

सोमबार, ३० बैशाख २०७६, १३ : ३६ चिरन शर्मा  | @chiranuk

लण्डन - विश्वविख्यात लण्डनको ट्राफल्गर स्क्वायरमा २५ सय ६३ औं बुद्ध जयन्ती मनाइएको छ। बुद्ध फाउन्डेसन युके र कपिलबस्तु समाज युकेको आयोजनामा आइतबार साँझ लण्डनको ट्राफल्गर स्क्वायरमा ‘बुद्ध जयन्ती समारोह’को आयोजना गरिएको हो।

बौद्धगुरु धरम गुरुङले बुद्ध पूजा गरेर कार्यक्रममा विभिन्न सांस्कृति कार्यक्रमका साथै बुद्ध दर्शको महत्व र ऐतिहासिक पक्षबारे विचार विमर्श गरेका थिए। बेलायतका बिभिन्न सरहबाट नेपाली समुदायको बाक्लो उपस्थित रहेको कार्यक्रममा शान्तिदीप प्रज्वलन, धार्मिक पूजा,  गौतम बुद्ध र लुम्बिनी सम्बन्धी सन्देशमुलक प्रस्तुति देखाइएको थियो।  नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्ने उदेश्यले आयोजित कार्यक्रममा  नेपाली कला सांस्कृतिक झल्किने झाँकी समेत प्रस्तुत गरिएको थियो।

वेलायतस्थित विदेशी कुटनितीज्ञहरुको समेत उपस्थित रहेको समारोहमा स्वागत मन्तव्य दिंदै बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न आव्हान गरेका थिए। कार्यक्रममा बुद्ध फाउन्डेसनका अध्यक्ष दीपक श्रेष्ठको अध्यक्षमा भएको कार्यक्रममा, कार्यक्रम संयोजक शिवजी श्रेष्ठ, रसमोर काउन्सिलका मेयर पउल टेलर, ब्रिटिश संसद वीरेन्द्र शर्मा, बेलायतका लागि कुवेतका राजदूत खालिद अबुल्लाज अल दुवाइसन, एनआरएन युकेका अध्यक्ष, योग कुमार फगामी लगायतले बुद्ध दर्शनका बिभिन्न पक्षमा आआफ्ना भनाई राखेका थिए। नेपाली दूतावास लण्डन, गैरआवासीय नेपाली संघ युकेको सहकार्यमा आयोजित कार्यक्रमको प्रमुख अतिथिको रुपमा लुम्बिनी बौद्ध विश्वविद्यालयका उप चान्सलर हिरण्य रत्न बज्राचार्य रहेका थिए। कार्यक्रममा वेलायतस्थित नेपाली संघसंस्था, डुराम विश्वविद्यालयका प्राध्यापक रविन कनिंगहमले बौद्ध दर्शन र लुम्विनीको बारेमा  प्रकाश पारेका थिए।    

कनिंगहमले  दक्षिण एशियाली मुलुकहरुको पुरातत्वसम्बन्धी विषयमा विशेष  अनुसन्धान गरेका छन्। समारोहमा फुलको आँखामा, रेसम फिरीरी, तितेकरेली, सय बाजा एउटै ताल, यो नेपाली शिर उचाली, जहाँ छन बुद्धका आँखा लगायतका नेपाली राष्ट्रियता झल्काउने लोकप्रिय गीत प्रस्तुत गरिएको थियो। यस्तै सौरभ दाहाल, दिव्य कव्या दाहाल, बिनोद चिपालु, शुसिल प्रजापति, मुस्कान घिमिरे, सर्मिला बर्देवा, सर्मिला सिंह, सोनम उनेम लगायतले नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रमको संचालन गौमाया गुरुङ, लक्षम गुरुङले गरेका थिए भने धन्यवाद ज्ञापन राजन खकुलेरले गरेका थिए।
 


















यसमा तपाईको मत


अन्य समाचार

ज्वेलरी एक्सपोको रौनक

ज्वेलरी एक्सपोको रौनक

नेपाली आभुषण तथा मौलिक हस्तकलालाई बिश्वसामु उजागर गरि अन्तर्रा्ष्ट्रिय क्षेत्रमा निर्यात तथा प्रवद्र्धन गर्नुका साथै राजश्व अभिवृद्धि गर्ने अभिप्रायका साथ...

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो इन्डिया प्रा.लि.ले अरभिन्द इम्पोरियम प्रा.लि.को सहकार्यमा आफ्ना विभिन्न उत्पादनहरुको नेपाली बजारमा सेवा बिस्तार गरेको छ । विश्वका १५० राष्ट्रमा...

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी केहि एन्ड्रोइड र आइफोनका एपहरू ...

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सुनधारा स्थित सिभिल ट्रेड सेन्टरमा रहेको सिटिसी मोबाइल हबमा जेठ ३ गते शुक्रबारदेखि मोबाइल एक्सचेन्ज मेला सुरु भएको छ ।...

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL)
संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL) संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् भारतको प्रतिष्ठित स्टील संगठन स्टील अथोरटी अफ् इण्डिया (SAIL)द्वारा एक कार्यक्रम बीच सम्मानित भएको छ । यही मे...

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

बैंकको पुँजीगत आधार सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्वेश्यका साथ् राष्ट्रीय स्तरको "ख" वर्गको ओम डेभलपमेन्ट बैंक लिमिटेड "क"...

स्मार्टफोन ब्याट्रीको प्रयोग आयु बढाउने तरिका

स्मार्टफोन ब्याट्रीको प्रयोग आयु बढाउने तरिका

स्मार्टफोनको ब्याट्रीलाई धेरै वर्षको प्रयोग पछि पनि राम्रो टिक्ने कसरी बनाउने ? ...

कम लागतमा बलियो घर कसरी बनाउने ?

कम लागतमा बलियो घर कसरी बनाउने ?

सस्तो भनेर अत्याधिक सस्तो खोज्यौं भने हामीले सोचे जस्तो बलियो घर बन्दैन । हामीले घरको नक्साको कुरादेखी घरको डिजाइन, घर...