किशोरीको घाटी रेटी हत्या, एक जना पक्राउ

सोमबार, ३० बैशाख २०७६, १३ : १३ गिरिराज बाँस्कोटा

पाँचथर - पाँचथरको हिलिहाङ  गाँउपालिका–४ पञ्चमीको कात्तिके भन्ने स्थानमा घाटी रेटेर एक किशोरीको हत्या भएको छ।घरदेखि केही दुरीमा १५ बर्षीय शितल योङहाङको हत्या भएको अवस्थामा शव भेटिएको प्रहरी निरीक्षक (इक्स्पेक्टर) अनील पौडेलले बताए। उनका अनुसार  हत्यामा संलग्न भएको आरोपमा भगिरथ बास्तोलालाई प्रहरीले पक्राउगरेको छ।

फिदिमको बसपार्कबाट बास्तोललाई पक्राउ गरीएको हो। उनले हत्या गरेको भनी स्वीकार गरेका छन्।  त्यस्तै हत्यामा संलग्न भएको आरोप लागेका पदम तामाङलाई खोजी भइरहेको छ। केहि दिन देखि दुई जना कात्तिके भन्ने ठाँउमा माक्स लगाएर हिडिरहेको स्थानियले दिएको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पहिचान गरेको हो। अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ।

 ‘शव बाटोमा फालिएको अवस्थामा थियो। केहिमाथि खाली रहेको घरमा हत्या गरी सडक छेउमा राखिएको देखिएको थियो’ इक्स्पेक्टर पौडेलले भने ‘अनुसन्धान भईरहेको छ। पोष्र्टमाटम गरीएपछि थप कुरा खुल्ने छ।’ परिवारका अनुसार कक्षा–१० मा पढ्ने शितल विद्यालयबाट फर्किएरघरको केहि काम गरी दिउँसो साढे चार बजेतिर घरबाट निस्किएकी थिइन।

राती ७ः३० बजेतिर एक शिक्षकले सडक छेउमा मान्छेजस्तो देखिएपछि गाँउलेलाई बोलाएर हेर्दा घाटी रेटिएको अवस्था किशोरीको शव
फेला परेकोे थियो। मान्छे नबस्ने घरमा हत्या भएको पाइएको पौडेलले जानकारी दिए।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad