coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा आइतबार छैठौँ चरणको मतदान

क्याप्सन ः राजधानी नयाँ दिल्लीस्थित एक मतदान केन्द्रमा लामबद्ध मतदाता। तस्बिर: एजेन्सी

नयाँ दिल्ली – भारतमा भइरहेको तल्लो सदन लोकसभा निर्वाचनअन्तर्गत आइतबार छैटौं चरणको मतदान सम्पन्न भएको छ। आइतबार सात राज्यमा ५९ सिटका लागि भएको मतदानमा सात सय ९७ जना उम्मेदवारले प्रतिस्पर्धा गरेको निर्वाचन आयोगले जनाएको छ। यसअघि सन् २०१४ को लोकसभा निर्वाचनमा यी ५९ सिटमध्ये भारतीय जनता पार्टीले ४४ ठाउँमा जित हासिल गरेको थियो।

छैटौं चरणमा उत्तर प्रदेशका १४, हरियाणाका १०, मध्यप्रदेश, बिहार र पश्चिम बंगालका आठ–आठ, नयाँ दिल्लीका सात र झारखण्डका चार निर्वाचन क्षेत्रमा मतदान भएको निर्वाचन आयोगलाई उद्धृत गर्दै भारतीय समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ।

आइतबारको मतदानमा निर्वाचनबाट केन्द्रीय मन्त्री मेनका गान्धी, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव, कंग्रेस नेता दिग्विजय सिंह र भारतीय जनता पार्टी (भाजपा)का प्रज्ञा सिंह ठाकुरलगायतका नेताको भाग्यको फैसला हुनेछ।
आइतबारको निर्वाचनमा करिब १० करोड मतदाता मतदानका लागि योग्य रहेका थिए। छिमेकी पाकिस्तानसँग तनाव बढिरहेकै बेला भारतमा ३९ दिने लामो मतदान चलिरहेको छ।

भारतमा गत अप्रिल ११ देखि देशको तल्लो सदन निर्वाचन भइरहेको छ। सात चरणमा हुने केन्द्रीय निर्वाचनको अन्तिम चरण मे १९ मा सम्पन्न हुनेछ। यसअघि अप्रिल १८ मा दोस्रो, अप्रिल २३ मा तेस्रो, अप्रिल २९ मा चौथो र मे ६ तारिखका दिन पाँचौँ चरणको निर्वाचन सम्पन्न भइसकेको छ।

पाँचौं चरणको निर्वाचनमा सात राज्यका ५१ स्थानका लागि मतदान भएको थियो। सो चरणमा उत्तर प्रदेशबाट गृहमन्त्री राजनाथ सिंह, भारतीय राष्ट्रिय कंग्रेसकी नेत्री सोनिया गान्धी, कंग्रेस अध्यक्ष राहुल गान्धी तथा मन्त्री स्मृति इरानीलगायत उम्मेदवार रहेका थिए। यसअघि सन् २०१४ को चुनावमा यी क्षेत्रका कूल ५१ स्थानमध्ये भाजपाले ४० स्थान जितेको थियो भने कंग्रेसले दुई स्थान मात्र जितेको थियो। कंग्रेसले रायबरेली र अमेठीमा मात्र विजय हासिल गरेको थियो।

भारतमा आगामी मे १९ तारिखका दिन सातौं तथा अन्तिम चरणको निर्वाचन हुनेछ। चुनाव सम्पन्न भएको चार दिनपछि अर्थात् आगामी मे २३ मा मतगणना हुनेछ। यसपटकको निर्वाचनमा पनि प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी र प्रमुख प्रतिपक्षी कंग्रेसबीच प्रमुख प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। कंग्रेस अध्यक्ष राहुल गान्धीले यस पटकको निर्वाचनमा बेरोजगारी समस्या, ग्रामीण क्षेत्रमा रहेको आर्थिक संकट, नोटबन्दी र नयाँ विक्री कर प्रमुख मुद्दाका रूपमा उठाइएको बताएका छन्।

उनले आइतबार नयाँ दिल्लीस्थित एक मतदान केन्द्रमा मतदान गरिसके पछि सञ्चारकर्मीसँग भने, ‘राम्रो प्रतिस्पर्धा भयो।’ ‘नरेन्द्र मोदीले घृणा प्रयोग गरे, हामीले माया प्रयोग ग¥यौं र मलाई लाग्छ मायाले नै चुनाव जित्ने छ,’ गान्धीलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

देशको आर्थिक वृद्धिदर वार्षिक सात प्रतिशत रहेको भए पनि नयाँ रोजगारीमा कमी हुनु र आफ्ना उत्पादनको उचित मूल्य नपाएका किसानका समस्या नै यस निर्वाचनमा मतदाताका प्रमुख चिन्ताको विषय रहेका छन्।

प्रकाशित: ३० वैशाख २०७६ ०३:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App