coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आकाशे पुल निर्माणमा ढिलाइ

काठमाडौं – कोटेश्वर–कलङ्की सडक खण्डमा आकाशे पुल निर्माणमा ढिलाइ भएको छ। निर्माणाधीन आकाशे पुलको ठेक्का सम्झौताअनुसार गत पुसमा नै अवधि सकिए पनि अहिलेसम्म भौतिक प्रगति ज्यादै न्यून छ।

यो सडकमा छ स्थानमा आकाशे पुल निर्माणका लागि ठेक्का सम्झौता भएको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ। तीमध्ये तीन स्थानमा काम अघि बढे पनि तीन स्थानमा अघि बढ्न नसकेको योजनामा कार्यरत इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताए। उनका अनुसार काम गर्ने स्थानमा अरु कुनै बाधा नभए पनि ठेकेदार आफैँले ढिलासुस्ती गरिरहेको हो। उनले भने, ‘अवधि सकिएको पाँच÷छ महीना हुनलाग्दासमेत जगको कामभन्दा अघि बढ्न सकेको छैन।’ सडक निर्माणका क्रममा चीन सरकारले निर्माण गरेको तीन वटा आकाशे पुल अपर्याप्त भए पनि सरकारले थप पुल निर्माण शुरु गरेको थियो।

चीन सरकारले गत माघमा नै नेपाल सरकारलाई आठ लेनको यो सडक हस्तान्तरण गरेको थियो। त्यसभन्दा पहिले नै सरकारले थप छ स्थानमा आकाशे पुल निर्माण शुरु गरेको थियो। पुल निर्माण भएपछि झण्डै एकदेखि डेढकिलोमिटरको दूरीमा एउटा आकाशे पुल हुनेछ। उनले भने, ‘नौ ठाउँमा आकाशे पुल भएपछि यात्रुलाई सडक काट्न सजिलो हुनेछ।’ सडक सुरक्षाका लागि सरकारले विभिन्न स्थानमा सडक चिह्न निर्माण गरिरहेको छ। सरकारले आठ लेन सडकको दायाँबायाँ गरेर दुबैतर्फ ‘सर्भिस ट्र्याक’ निर्माण गरिरहेको छ।

प्रकाशित: ३० वैशाख २०७६ ०३:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App