८ वैशाख २०८१ शनिबार
समाज

अनशनमा रहेका दुई नर्सको अवस्था गम्भीर

काठमाडौं - शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका अनशनरत दुई नर्सको अवस्था गम्भीर बन्दै गएको छ। शुक्रबारदेखि अनशनमा बसेका नर्सहरुको स्वास्थ्य अवस्था बिग्रँदै गएको जनाइएको छ।

केन्द्रको आकस्मिक कक्षमा कार्यरत नर्स दिक्की शेर्पा आफ्ना तीन बच्चाहरुलाई घरमै छोडेर अनशनमा बसेकी छिन् भने नेपाल नर्सिङ संघको हातामा अनसनरत नर्स गीता बराल अनशनमा बसेका हुन्। बराल गण्डकी अस्पतालकी पूर्वनर्स हुन्। केन्द्रका तीस जना नर्सले निर्देशक पुकारचन्द्र श्रेष्ठले कार्यअवधि, अनुभव र क्षमताअनुसारको व्यवहार नगरी आपूmहरुमाथि भएको अन्यायविरुद्ध शेर्पा र बराल अनसनमा बसेको बनाए। ‘कि सरकारले करार सेवा लिनु भएन। कि त करार सेवाबाट अनुवभप्राप्त कर्मचारीका लागि आन्तरिक प्रतिस्पर्धाबाटै स्थायी गर्नु गरिनु पथ्र्यो,’ अनशनरत नर्स दिक्की शेर्पाले भनिन्।

केन्द्रका पुराना कर्मचारीलाई स्वतः स्थायी गर्नुपर्ने, काम र अनुभव हेरेर बढुवा गर्नुपर्ने, काम गर्दै आएकालाई प्रोत्साहन गर्नुपर्ने, जोखिम भत्ता दिनुपर्नेलगायतका माग राखी नर्सहरु दुई सातादेखि विरोधमा उत्रिएका हुन्। उनीहरुले केन्द्रले करार कर्मचारीलाई मर्का पर्ने गरी स्थायी दरवन्दी खुलाएको गुनासो गरेका छन्। ‘अस्पताल स्थापित भएपछि हामीलाई निकाल्ने खेल हुँदैछ,’ शेर्पाले भनिन्। अस्पतालको स्थापनामा आफूहरुको गरेको योगदानलाई बिर्सिएर बद्नियत रुपमा नयाँ विधि र प्रक्रिया अपनाएन आफूहरुलाई बाहि¥याउने प्रपञ्च भइरहेको नर्सहरुको आरोप छ।

हालसम्म अनशनरत नर्सहरुको अवस्था बुझ्न र समस्या कसरी हल गर्न सकिन्छ भनेर न त स्वास्थ्य मन्त्रालय सम्बद्ध पक्षले चासो लिएको छ न त केन्द्रका पदाधिकारीहरुले नै यसबारेमा कुनै जिज्ञासा नै राखेका छन्। ‘आफ्नै अस्तपाल हातामा तीनदिनदेखि भइरहेको यो पीडादायी विरोधलाई कसैले पनि बुझ्न नचाहनु कस्तो अनौठो ?’ एक नर्सले प्रश्न गरिन्, ‘यस्तो अवस्थामा हाम्रो जायज मागको सुनुवाइ होला भनेर आश गर्ने ठाउँ खोइ ?’ केन्द्रमा मडारिएको अन्याय र ेबथितिलाई अनसनप्रतिको यो बेवास्ताले प्रष्ट पार्ने उनले बताइन्। यस अघि पनि स्वास्थ्य मन्त्रालय, नेपाल नर्सिङ संघको कार्यालयलगायतका स्थानमा धर्ना दिने लगायतका विरोध कार्यक्रम गरेका थिए। सो क्रममा प्रहरीले दुई पटक नर्सलाई पक्राउ गरिसकेको छ।

प्रकाशित: ३० वैशाख २०७६ ०३:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App