coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

राई विद्यार्थी संघमा नयाँ नेतृत्व

खोटाङ – किरात राई विद्यार्थी संघ केन्द्रीय समितिको अध्यक्षमा जितेन राई निर्वाचित भएका छन् । ‘पहिचान र संघीय शिक्षा प्रणाली लागू गरौँ, किरात स्वयत्त राज्य निर्माण गर्न गाउँ–नगर लागौं’ भन्ने नारासहित खोटाङमा आइतबार सम्पन्न नवौं सम्मेलनले ३७ सदस्यीय कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा शोभित राई र सन्तोष मुक्मिन राई, महासचिवमा रविन राई, सचिवमा प्रवीणा राई र दीपेन राई, कोषाध्यक्षमा देवकुमार बाहिङ राई र सह–कोषाध्यक्षमा प्रभा राई निर्वाचित भएका छन् ।

आयोजक समितिबाट २३ जना र विभिन्न भूगोलबाट ३४ जना समावेश गरेर ५७ जनाको केन्द्रीय परिषद् बनाएपछि त्यही परिषद्बाट नयाँ नेतृत्व चयन गर्ने व्यवस्था भए पनि आकांक्षी बढी भएपछि मतदान गराइएको थियो । आयोजक समितिबाट निर्वाचनका माध्यमबाट २३ जना प्रतिनिधिको टुंगो लगाएपछि नयाँ नेतृत्व भने सहमतीमा चयन गरिएको निर्वाचन मण्डलले जनाएको छ ।

सम्मेलनले संघको प्रचार प्रसार तथा समन्वय विभाग प्रमुखमा शुभमानसुङ राई, शैक्षिक बिभाग प्रमुखमा भीम दुमी राई, प्रशिक्षण विभाग प्रमुखमा निराजन किराती, भाषा, धर्म, संस्कृति विभागमा समीप साम्पाङ, अनुशासन विभागमा डार्बिन राई, महिला विभाग प्रमुखमा सुशीला राई चयन भएका छन् । यस्तै स्वयंसेवक विभाग प्रमुखमा सञ्जय राई, अतिरिक्त क्रियाकलाप विभाग प्रमुख सीताराम राई र विदेश विभाग प्रमुखमा सुमन राई चयन भएका छन् । सुदिप थुलुङ राई, तिलक राई, ममता राई, बिसा बिख्याती राई, इसाक राई, दीपक राई, रोशन राई, सागर राई, किरण राई, रमला राई, नवीन राई, वसन्त राई, सजिना राई, हेमराज राई, श्यामकला राई, इन्द्रहाङ राई र रमेश राई केन्द्रीय सदस्यमा चुनिएका छन् ।

प्रकाशित: ३० वैशाख २०७६ ०३:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App