७ वैशाख २०८१ शुक्रबार
अर्थ

‘एक नदी एक समुदाय’ अभियान

चितवन - माडी नगरिपालिकामा चुरे पर्वतबाट उत्तरतर्फ बग्ने १८ खोला छन्। साना र ठूला ति खोलाका कारण वर्षात्को समय माडीमा सँधै बाढीको जोखिम उच्च हुन्छ। माडी नगरपालिका वडा नम्बर ६ का लालबहादुर विकको परिवारलाई पनि खोलाले धेै दुःख दिएको छ। बाढीका कारण उनले घरबारी र खेतीयोग्य जमिन गुमाए। पटक पटकको बाढीले दुःख दिएको उनी बताउँछन्। बाढीले दुःख दिने खोलामा ड्याम बनेपछि भने बाढीले दुःख नदेला भन्ने उनलाई लागेको छ।

६४ बर्षीय पुर्ण बहादुर सुनारको परिवार २०३६ सालदेखि माडीको रामराज्यपुरको सिरानमा बसोवास गर्दै आएका छन्। बाढीको पानी घरभित्र बसेर बर्षदिनभरी पुग्ने अन्न नष्ट गरिदिँदा छाक टार्नै मुस्किल हुने गरेको उनी सम्झन्छन्। ‘खोलाले अति दुःख दियो, बच्चाबच्ची स्कुल पठायो खोलाले लग्यो कि भन्ने पीर’ उनी भन्छन् ,  ‘बाढी आएपछि सुरक्षित ठाउँमा गएर बस्यो, खोलो घटेर घर गयो, टुलुटुल हेरेर मात्र बस्न पथ्र्यो।’ माडीमा बाढीले धेरै दुःख दिनेमा बाँदरमुढे खोला एक हो। बस्तीभन्दा अग्लो र साँगुरो घरान भएर बगेकोले मानवस्तीमा पसेर बर्षेनी दुःख दिने गर्छ। धनजनको क्षति गराउँछ।
बाढीका कारण नदी तटिय क्षेत्रका सयौ विगाहा जमिन बगर बनेका छन्। केहीमा खोला नै बगिरेहको छ। यसले धेरै मानिस घरबार विहिन भएका छन्। नदीले दिएको दुःखले ठाउं नै छाडेर हिडेका पनि छन्। घरखेत, खानेकुरा लत्ता कपडा सबै खोलाले लगेपछि छोराछोरी काखमा च्यापेर भोकभोकै बसेको मनु मिया सम्झन्छन्। अब भने यस्तो घटना नहोला भन्ने उनलाई लागेको छ। घर नजिक भएर बग्ने बाँदरमुढेमा तटबन्धन गरिएको छ।

पानीजन्य जोखिमका हिसाबले अति नै जोखिम क्षेत्र पर्ने माडी नगरपालिकामा नेपाल ग्रामिण पुर्ननिर्माण संस्था ९आरआरएन० र जापनीज संस्था साप्ला नीरको सहयोगमा विगत २ बर्षदेखि जलउत्पन्न प्रकोप न्युनिकरण परियोजना सञ्चालन गरिएको छ। परियोजना प्रम्ुख व्यवस्थापक मदिना पौडेलका अनुसार एक नदी एक समुदायको अवधारणामा काम गरिएको छ। एउटा नदीलाई लक्षित गरेर काम गर्दा उक्त नदिबाट प्रभावित हुने सबै टोल समुदायलाई समेटेर काम गर्न सकिने भएकाले यो अवधारणामा रहेर काम गरिएको उनी बताउँछिन्।  जोखिम क्षेत्रभित्र बसोबास गर्ने समुदायको प्रारम्भिक तथ्यांक संकलन गरेर परियोजना क्षेत्रका ै विभिन्न ८ वटा टोलमा विपद् व्यवस्थापन समिति गठन गरिएको उनले जानकारी दिईन्।  प्रकोप र विपद्का बारेमा समुदायलाई सचेत गराउंदै बाँदरमुढे खोलाले निम्त्याउने प्रकोपलाई व्यवस्थापन गर्न छलफल गरेर तटबन्धन निर्माणको कार्य सुरु गरिएको उनले बताईन्। बाँदरमुढे खोलाको माथिल्लो तटिय क्षेत्र, बीच तटिय क्षेत्र र तल्लो तटिय क्षेत्रसम्म तटबन्धन गरिएको छ। ६५०० मिटर लम्बाई रहेको खोलामा मिटर चौडाई छुट्याएर दुवैतर्फ माटोको ड्याम निर्माण गरिएको छ। बाढी पस्ने बढी जोखिम भएका बस्ती नजिक जालीमा ढुगां भरेर तटबन्धन गरिएको छ।

मिलन चोक, ब्रम्हपुरी, मजुवा र रामराज्यपुर जोड्ने बाटोमा पर्ने ४ वटा नदीको पानी पार गराउन भुँई पुल ९रिभर क्रसिङ० बनाउने काम भईरहेको परियोजना प्रमुख व्यवस्थापक पौडेलले बताईन्। चितवनको माडी नगरपालिका र राप्ती नगरपालिकाको वडा नम्बर १२ र १३ मा परियोजना अन्र्तगत काम भैराखेको छ। परियोजना अन्तर्गत ८ करोड २१ लाख ८३ हजार २६६ रुपैयाँको बजेटमा प्रकोप न्युनिकरण काम भईरहेको उनी बताउँछिन्। परियोजनाको काम आउँदो सेप्टेम्बर सकिने उनले बताईन्।

प्रकाशित: ३० वैशाख २०७६ ०२:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App