७ वैशाख २०८१ शुक्रबार
समाज

बिनापूर्जी प्रहरी नियन्त्रण र यातना

बारा - प्रहरी निरीक्षककावमा रहेको क्राइम ब्रान्च टोलीका सदस्यहरूले बिनाकारण कलैया उपमहानगरपालिका–१ का संजय साहलाई नियन्त्रणमा लिएर कुटपिट गरेको घटना सार्वजनिक भएको छ। ‘आफूहरूले भनेको कुरा नमानेको,’ भन्दै शुक्रबार नियन्त्रणमा लिएर प्रहरीले आफूलाई कुटपिट गरेको पीडितले बताएका छन्।

मुलुकी अपराध संहिता २०७४ का अनुसार प्रहरीले कुनै व्यक्तिलाई पक्राउ गर्नुभन्दा पहिला अदातल वा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्छ। तर प्रहरीले भने अनुसार नचलेको निहुँमा बिनापुर्जी नियन्त्रणमा लिएर साहलाई कुटपिट गरिएको हो।

‘शुक्रबार बेलुका कलैयाको घण्टाघरनजिकै रहेको तारा स्विटसअगाडि उभिइरहेको अवस्थामा सादा पोशाकका प्रहरीहरू आएर केही सोध्नु छ भन्दै पसलभित्र लगे,’ साहले भने, ‘तारा स्विटसभित्र पुगेपछि मेरो मोबाइल लिए र मलाई बाहिर जान रोक लगाए।’

त्यसरी प्रहरीको अघोषित नियन्त्रणका परेको केहीबेरमा थुक फाल्न पसलबाट बाहिर जान लाग्दा प्रहरी निरीक्षक निशान्त श्रीवास्तको नेतृत्वमा रहेको टोलीले ‘बढी कुरा गरेको’ भन्दै जबरजस्ती गाडीमा राखी जिल्ला प्रहरी कार्यालय पु-याएर कुटपिट गरेको साहले बताए। साहका अनुसार प्रहरीको कुटाइबाट उनको घुँडामा गहिरो चोट लागेको छ र त्यही कारणले बसेर दिशा–पिसाब गर्नसमेत समस्या भइरहेको छ।

आफू सदा पोशाकका प्रहरीहरूको नियन्त्रणमा परेपछि ‘मैले के गरें र तपाईहरू यस्तो गर्नुहुन्छ ? यदि मलाई नियन्त्रणमा लिने भए पहिला मेरो गल्ती बताउँनुस् र पक्राउ पूर्जी ल्याउन् भन्दा प्रहरी कार्यालयभित्र लगेर दुवै हात बाँधी कुटपिट गरिएको साहले बताए। प्रहरीले उनीविरुद्ध सार्वजनिक अपराध मुद्दा दर्ता गरेको छ।

साहको बारेमा बुझ्दा सबैले राम्रो व्यक्ति भने पनि प्रहरी निरीक्षकसँग नै नराम्रो व्यवहार गरेकाले नियन्त्रणमा राखेर मुद्दा चलाउनु परेको प्रहरीको भनाइ छ।

साहलाई बिनाकारण प्रहरीले नियन्त्रणमा लिएर कुटपिट गरेका भन्दै बारा उद्योग वाणिज्य संघको सभाहलमा आइतबार सर्वदलीय बैठक बसेको थियो। बैठकमा प्रहरीको सो कार्यको सबैले आलोचना गरेका थिए। बैठकमा सहभागी समाजवादी पार्टी नेपालका नेता प्रमोद गुप्ताले कलैया बजार क्षेत्रबाट निर्दोष युवालाई समातेर मुद्दा चलाएको अवस्थामा त्यसको छालबिन गर्नुपर्ने बताए। उनका अनुसार बारा प्रहरीबाट भएको यो ज्यादतीपूर्ण घटनाको जनस्तरबाट विरोध हुनेछ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक रंजितसिंह राठौरले भारतीय प्रिमियन लिग (आइपिएल)मा सट्टाबाजी गर्नेहरूलाई कलैयाको बजार क्षेत्रबाट पक्राउ गर्ने क्रममा साह पनि पक्राउ परेको बताए। राठौरका अनुसार साह पक्राउ गरेपछि अनुसन्धान गर्दा सट्टाबाजीको काममा यिनको संलग्नता नभेटिए पनि उनले प्रहरीको काममा अवरोधसहित अभद्र व्यवहार गरेकाले सार्वजनिक अपराध मुद्दा दायर गरी जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद थप गरिएको छ।

साहको बारेमा बुझ्दा सबैले राम्रो व्यक्ति भने पनि प्रहरी निरीक्षकसँग नै नराम्रो व्यवहार गरेकाले नियन्त्रणमा राखेर मुद्दा चलाउनु परेको प्रहरीको भनाइ छ। शुक्रबार बेलुका बारा प्रहरीले भारतीय प्रिमियन लिग (आइपिएल)मा सट्टाबाजी गरेको आरोपमा कलैयाको बजार क्षेत्रबाट १४ जनालाई पक्राउ गरेको थियो। प्रहरीले पक्राउ परेकाहरूमध्ये १० जनालाई अनुसन्धानपछि छोडेको र तीन जनामाथि जुवा ऐनअन्तर्गत मुद्दा चलाएको जनाएको छ।

प्रकाशित: ३० वैशाख २०७६ ०१:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App