coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

टिप्परको ठक्करले साइकलयात्री गम्भीर, चालक फरार

उदयपुर– उदयपुरमा टिपरको ठक्करले एक साइकलयात्री गम्भीर घाइते भएका छन्। आइतबार मध्यान्ह घरदेखि साइकल चढेर गाउँजाँदै गरेका बेलानदाहा–कन्चनपुर खण्डको सडकमा टिपरको ठक्करबाट बेलका नगरपालिका २ तपेश्वरीका कुमार परियार घाइते भएको प्रहरीले जनाएको छ।  

जिल्ला प्रहरी कार्यालयका अनुसार तिब्रगतिमा रहेको ना ७ ख ६००९ नं. को टिपरले परियारलाई आफ्नै साइडमा साइकल कुदाइरहँदा ठक्कर दिएर घाइते बनाएको हो। परियारको दायाँहात भाँचिनुका साथै शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको सप्तरीको फत्तेपुरस्थित स्थानीय मेडिकलमा उपचारपछि थप उपचारका लागि बाहिर पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका निरीक्षक अम्मरप्रसाद गजमेरले बताए। 

साइकल यात्रीलाई ठक्कर दिएर घाइते बनाएलगत्तै टिपर चालक भने फरार भएको प्रहरीले जनाएको छ। दुर्घटनालगत्तै सडकमै टिपर छाडेर फरार भएका चालकको खोजी कार्य फत्तेपुर प्रहरी चौकी, इलाका प्रहरी कार्यालय कन्चनपुर र इलाका प्रहरी सुन्दरपुर गरी तीन तिरबाटै तिब्र पारिएको इन्स्पेक्टर गजमेरले बताए। 

स्थानीयकाअनुसार कालोपत्रे भएसँगै सडकमा सवारी साधन तीब्र गतिमा हुइकिने गरेका कारण पटक पटक नदाहा–कन्चनपुर खण्डको सडकमा दुर्घटना हुँदै आएको छ। सुनसरीको नदाहादेखि उदयपुरको बेलका ७ को चतारा, रामपुर हुँदै चौदण्डीगढी नगरपालिका ३ बसाहा भएर सप्तरीको फत्तेपुर हुँदै कन्चनपुरस्थित पूर्व–पश्चिम महेन्द्र लोकमार्गमा जोडिने सडक कालोपत्रे भएपछि तीब्र गतिमा सवारी चलाउने गर्दा दुर्घटना बढेको हो। तीब्र रफ्तारमा हाँकेकै कारण महिना दिनअघि मात्र टिपरकै ठक्करले एक महिलाको ज्यान गएको थियो। 

प्रकाशित: २९ वैशाख २०७६ १५:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App